मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी प्रवक्ता भन्छन्- हाम्रा केही काम गलत भएका छन्, पृष्ठपोषणको प्रतीक्षामा छौँ

प्रहरी प्रवक्ता भन्छन्- हाम्रा केही काम गलत भएका छन्, पृष्ठपोषणको प्रतीक्षामा छौँ

नेपाल प्रहरीले संगठनले केही काम गलत भएको स्वीकार गरेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- नेपाल प्रहरीले संगठनले केही काम गलत भएको स्वीकार गरेको छ। बुधबार नेपाल प्रहरीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्तासमेत रहेका एसएसपी बसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र केही कमजोरी भएको र यसलाई सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

triton college

प्रहरीको गलत क्रियाकलाप विरुद्धमा आलोचनात्मक सुझावहरुको अपेक्षा गरेको उनको भनाइ छ। ‘हाम्रा कामहरुमा भएका केही गलत किसिमका कार्यहरु भएका छन्। त्यस सन्दर्भमा भएका सूचनाहरु वा कुनै क्षेत्रहरु जुन हामीले गर्नुपर्ने थियो तर संगठनले ध्यान पुर्‍याउन नसकिरहेको अवस्था छ। त्यस्ता क्रियाकलापहरुमा प्राप्त हुने पृष्ठपोषण हामीले सधै प्राप्त होस् भनेर लागिरहेका छौँ। त्यसको प्रतिक्षामा छौँ,' एसएसपी कुँवरले भने, 'यहाँहरुबाट प्राप्त हुने सबै आलोचनात्मक समेतका सुझावहरु हामी स्वागत गर्छौं। संगठनले त्यस्ता समस्या, गुनासा, क्रियाकलापहरु छन् भने त्यसलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु।’

प्रवक्ता कुँवरले प्रहरीले आ.व.०७६/७७ मा विभिन्न दर्जाका ४ हजार ९५१ जनालाई पुरस्कार र १ हजार ९७४ जनालाई विभिन्न किसीमको कारबाही गरिएको जानकारी दिए। त्यस्तै, आ.व. ०७७/७८ मा विभिन्न दर्जाका ४ हजार ४३० जनालाई पुरस्कार र १ हजार ९८२ जनालाई कारबाही गरिएको उनको भनाइ छ।

नेपाल प्रहरीले अपराध अभिलेखको व्यवस्थापनतर्फ राष्ट्रिय अपराध सूचना केन्द्रको सफ्टवेयर निर्माण सम्पन्न भएकोसमेत उनले जानकारी दिए।

प्रकाशित: Jul 28, 2021| 20:25 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।