शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वर्षको सुरुसँगै बजारमा उत्साह, १५ अंकले बढ्यो सेयर बजार 

आर्थिक वर्षको सुरुसँगै बजारमा उत्साह, १५ अंकले बढ्यो सेयर बजार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) १५.८५ अंकले उकालो लागेको छ। पहिलो दिन बुधबर होटल र फाइनान्स कम्पनीको बाहेक अन्य सम्पूर्ण समूह उकालो लागेको छ। 

बुधबार दिनभर १३ लाख ७५ हजार १९० कित्ता ४२ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ। यो मंगलबारको तुलनामा करिव १० करोडले बढी हो। धेरै कारोबार गर्नेमा यसदिन पनि बाणिज्य बैंकहरु नै अगाडि रहेका छन्। 

मौद्रिक नीतिमा बिग मर्जर हुने समाचारहरु बाहिर आएपछि बजारमा बाणिज्य बैंकहरुको कारोबार हुने गरेको छ। बाणिज्य बैंकहरुको यस दिन १६.६९ अंकले बढेको छ। बाणिज्य बैंकहरुको सेयरमा उच्च वृद्धि हुँदा बजारमा सकारात्मक सुधार आएको हो।

बुधबर बाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन, लघुवित्त समूहको सुचकमा एक प्रतिशतभन्दा बढिको वृद्धि भएको छ। होटल र वित्त समूहको सूचक भने बुधबर २७.२ र १.६२ अंकले उकालो लागेको छ। 

सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिभम् सिमेन्ट, अपरतामाकोसी लगायतका कम्पनीहरु रहेका छन्। 

त्यस्तै सबैभन्दा बढी उन्नति माइक्रो फाइनान्स, सुमित लघुवित्त वित्तिय संस्था, ग्लोवल आइएमई लघबित्त वित्तिय संस्था, स्वदेशी लघुबित्त वित्तिय संस्था लगायतका कम्पनी रहेका छन्।

गुमाउनेहरुमा भने सिभिल लघुबित्त बित्तिय संस्था, दिव्यश्वरी हाइड्रोपावर, अरुण कावेली पावर लिमिटेड लगायतका कम्पनी रहेका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्