मंगलबार, वैशाख ११, २०८१

आजबाट आर्थिक क्षेत्रमा के के भयो परिवर्तन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आजदेखि नयाँ आर्थिक बर्ष सुरु भएको छ। आर्थिक बर्ष सुरुभएसँगै आयकरका दरको सिमाहरु परिवर्तन भएका छन्।

हिजोसम्म अविवाहित व्यक्तिले आफूले कमाएको साढेतीन लाख भन्दा माथिको रकममा मात्र आयकर तिनुपर्दथ्यो  भने विवाहितको हकमा चारलाख रुपैयाँभन्दा माथि आय हुनेले मात्र कर तिर्नुपर्ने व्यवस्था थियो। 

तर आजदेखि भने विवाहितले साढे चारलाख र अविवाहितको हकमा चारलाख रुपैयाँ भन्दा माथि आय हुनेले मात्रै कर तिर्नुपर्नेछ। 

यसरी हेर्दा मासिक विवाहितको हकमा ३७ हजार ५०० रुपैयाँ तलव खानेले १० प्रतिशत र बार्षिक साढे पाँचलाख भन्दा माथिको तलव खानेले सरकारले तोकेको अनुसार ३६ प्रतिशतसम्म कर तिर्नुपर्दछ भने अविवाहितको हकमा मासिक  ३३ हजार ३३३ रुपैयाँ भन्दा माथि तलव खानेले १० प्रतिशत र त्यसभन्दामाथि तलव खानेले सरकारले व्यवस्था गरेअनुसार ३६ प्रतिशतसम्म कर तिर्नुपर्दछ। 

त्यसभन्दा कम तलव खानेको हकमा भने एक प्रतिशतमात्र सामाजिक सुरक्षा कोषमा जानेगरी कोष कट्टा गरिने छ। असार ३१ गतेसम्म साढेतीन लाख रुपैयाँभन्दा माथिको कमाइ हुनेहरुले मात्र आयकर तिर्नपर्ने व्यवस्था थियो।

सामाजिक सुरक्षा कोषले पायो अवकास कोषको मान्यता

नयाँ आर्थिक बर्ष सुरु भएसँगै सामाजिक सुरक्षा कोषले अवकाश कोषको मान्यता पाएको छ। जसका कारण सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमले पनि प्रोभिडेन्ट फण्ड र नागरिक लगानी कोष बराबरकै मान्यता पाएको छ। 

त्यसैले निश्चित आयकरमा कर लाग्दैन। अबदेखि महिनाको प्रत्येक मसान्तमा सामाजिक सुरक्षा कोषमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल भएका कम्पनीहरुले रकम पठाउनुपर्ने छ। त्यस्तै यदी सो योजनामा सामेल नभएका कम्पनीहरु पनि साउन मसान्तसम्ममा कोषमा दर्ता भइसक्नु्पर्ने छ।

शेयर लगानीकर्ताको पुँजीगत लाभकरमा कमी

साउने संक्रान्तिसँगै शेयरका लगानीकर्ताहरुको पुँजीगत लाभकर पनि घटेको छ। आर्थिक बर्षसुरु भएसँगै साढेसात प्रतिशत लाग्दै आएको पुँजीगत लाभकर आजदेखि पाँच प्रतिशतमा झरेको छ। आजदेखि कारोबार गर्ने सम्पुर्ण शेयर लगानीकर्ताहरुले शेयर कारोबारको पाँच प्रतिशत मात्र तिरे पुग्छ।
 
तलवको लागि प्यान अनिवार्य

आजदेखि तलवको लागि प्यान अनिवार्य हुने भएको छ। चालु आर्थिक बर्ष सुरु भएसँगै पाउने तलव वा ज्याला स्थायी लेखा नम्वर (प्यान) विना भुक्तानी गर्न पाइदैन। 

यदी कुनैपनि कम्पनीले विना प्यान कर्मचारीलाई तलव वा ज्याला दिन्छ भने सो खर्चमा लेख्न पाइदैन। जसले गर्दा कर्मचारीहरुको बास्तविक आय समेत देखिन्छ भने रोजगारदाता कम्पनीको पनि बास्तविक खर्च देखिन्छ। 

नेपालमा अहिलेसम्म प्यान विना नै कारोबार हुदै आएको थियो। जसका कारण एक व्यक्तिले बर्षमा कति आम्दानी गर्छ ? भन्ने देखिदैनथ्यो। यस्तो प्रावधानबाट सरकारले राजस्व संकलन भने धेरै नै उठाउने छ। एक व्यक्तिले विभिन्न माध्यमबाट रकम लिइरहेको छ भने सोको पनि सम्पुर्ण विवरण देखिने र कर छली नहुने हुदा सरकारको राजस्व बृद्धि हुनेछ। 

तर ज्याला तथा तलव प्यानबाहेक दिन नमिल्ने व्यवस्था गर्दा व्यवहारिक कठिनाइ भने हुनेछ। खासगरी ज्याला भुक्तानीका हकमा प्यान अप्ठेरो देखिएको हो। १००० रुपैयाँभन्दा माथिको ज्याला भुक्तानीमा प्यान अनिवार्य गरिएको छ। 

कृषि उपजको आयातमा कर

बुधबारदेखि नै कृषि उपजको आयात भन्सार बिन्दुमै साढे २ प्रतिशत कर लाग्नेछ। यो अग्रिम आय कर हो। सरकारले स्वदेशकै कृषिलाई प्राथमिकता दिन र उत्पादन बृद्धि गराउने उदेश्यका साथ चालु आर्थिक बर्षको बजेटमा नै भन्सार विन्दुमै साढे २ प्रतिशतको कर लगाउने व्यवस्था गरेको थियो। 

जसमा अण्डा, पिठो आटा, दुधजन्य पदार्थ, मह, कोदो, फापर जस्ता कृषिजन्य सामाग्रिको आयातमा बिन्दुमै साढे २ प्रतिशत अग्रिम कर लाग्ने व्यवस्था गरेको छ। यसले गर्दा चुलिदै गएको व्यापारघाटा कम हुने सरकारको बुझाइछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्