शुक्रबार, वैशाख १४, २०८१

'टिआरसी' मा सहमति भएपछि टुंगियो नेकपाको एकीकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा द्वन्द्वकालिन मुद्दा समाधान गर्ने विषयमा सहमति जुटेपछि एकता प्रक्रिया टुंगिएको छ।

द्वन्द्वकालिन मुद्दा समाधान गर्न सत्य निरुपन तथा मेलमिलाप आयोग (टिआरसी) को पदाधिकारीका विषयमा प्रधानमन्त्री एवं नेकपाका केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि एकता प्रक्रिया टुंगो लगाउने सहमति भएको हो।

मंगलबार ओली, प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलबीच भएको छलफलबाट सहमतिमा भएको हो।

महासचिव पौडेलका अनुसार पार्टी एकीकरणका सम्पूर्ण काम पुरा भएको छ। केही दिनभित्रै बस्ने स्थायी कमिटीबाट अनुमोदन गरिने पौडेलले जनाएका छन्।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, विभागहरुको नेतृत्व तथा एकीकरणको अन्य प्रक्रिया बाँकी रहेको थियो। 

पछिल्लो समय द्वन्द्वकालिन मुद्दा समाधान गर्ने विषयमा प्रधानमन्त्री ओलीले अटेर गरेपछि प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पटक-पटक छलफल भएको थियो। यसले सत्ता समीकरण पनि विग्रिन सक्ने संकेत भएको थियो। 

त्यसपछि मात्र प्रधानमन्त्री ओली लचक भएपछि एकीकरणले पुर्णता पाएको बुझिएको छ। प्रधानमन्त्रीले लचकता देखाए लगतै टिआरसीले पदाधिकारी पाउने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।