शुक्रबार, वैशाख ७, २०८१

चुरे संरक्षणबारे किन बोलेनन् मन्त्री यादव ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- अविरल वर्षापछि आएको बाढीका कारण प्रदेश २ को जनजीवन प्रभावित छ । बाढीका कारण प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।

हरेक वर्ष वर्षातमा आउने बाढीको प्रमुख कारण चुरे विनाश र नदीनालाको दोहन रहेको बताइएको छ । चुरेक्षेत्रभित्र बस्दै गरेको अवैध बस्ती र केही माफियाहरुका कारण खोलानदीको निरन्तर दोहन भइरहेको छ ।

तर सरकारका एकजना मन्त्रीले भने चुरेक्षेत्रको संरक्षणबारे केही बोल्न चाहेका छैनन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चुरे क्षेत्रमा भइरहेको विनाशबारे आफू केही बोल्न नसक्ने बताएका छन् । चुरे संरक्षण हुनुनपर्ने आफ्नो धारणा रहेको तर यसबारे तत्काल केही बोल्न नसक्ने यादवले बताए ।

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सरकारले चुरेको संरक्षण् किन गर्न नसकेको सञ्चारकर्मीहरुको जिज्ञासामा ‘आफू यसबारे तत्काल केही बोल्न नसक्ने अवस्थामा रहेको’ मन्त्री यादवले जबाब फर्काए ।

जंगल फडानी गरी चुरेक्षेत्रमा निरन्तर बढ्दै गरेको अवैध बस्ती नियन्त्रण गर्न सरकारले के गर्दैछ भत्रे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री यादवले फेरी पनि आफू यसबारे केही नबोल्ने उल्लेख गरे ।

बाढीका कारण भएको क्षतिको धनुषा र सिरहाको स्थलगत अनुगमन गरेका मन्त्री यादवले बाँधहरुको मर्मत र सम्भार गर्नतर्फ उच्चस्तरबाट खासै पहल नभएको आफूले पाएको बताए ।

‘बाढीले ठुलो क्षति पुर्‍याएको छ, ठाउँठाउँमा बस्तीहरु डुबेका छन्,’ उनले भने,‘टुटेको बाँधको मर्मत र बाँचेकोलाई संरक्षण गर्न ठुलो चुनौती देखिएको छ । उच्चस्तरले यसतर्फ ध्यान दिनुपर्दछ ।’

अनुगमनको क्रममा आफूले हेरेको त्रासदीबारे सरकारलाई जानकारी गराइ सम्बन्धीत मन्त्रीलाई समेत प्रभावित क्षेत्रको अनुगमन गर्न आग्रह गर्ने उनले बताए । बाढी पहिरोबाट जोगिन दीर्घकालीन रुपमा तयारी हुन नसकेको स्वीकार गर्दै मन्त्री यादवले प्राकृतिक प्रकोपजस्ता विपद्हरुबाट जोगिन सरकार पूर्वतयारीतर्फ गम्भीरतापूर्वक सरकार लागि परेको जिकिर गरे ।

बाढी प्रभावितहरुलाई राहत पुर्‍याउने कार्यको लागि सरकारको मात्र बाटो नपर्खेर पक्षविपक्ष नहेरी एक भएर जुट्न उनको आग्रह थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।