मंगलबार, वैशाख ४, २०८१

साउनदेखि जनकपुर विमानस्थलमै 'रिफ्युलिङ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- जनकपुर विमानस्थलमा आगामी साउन महिनादेखि रिफ्युलिङको व्यवस्था हुने भएको छ । यस क्षेत्रकै सबैभन्दा जेठो विमानस्थल रहेपनि रिफ्युलिङको व्यवस्था हुन सकेको थिएन् ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले १० साउनदेखि जनकपुर विमानस्थलमै रिफ्युलिङको व्यवस्था हुन गइरहेको जानकारी दिएका छन् । व्यवस्थित रुपमा सञ्चालनका लागि संरचना तयार गर्न समय लाग्ने भएपनि तत्काल दुईवटा गाडी राखेर रिफ्युलिङको व्यवस्था हुन लागेको उनले बताएका छन् ।

‘तत्काल रिफ्युलिङ  र भण्डार गर्न दुईवटा गाडीको व्यवस्था भइसकेको छ,’ मंगलबार जनकपुरमा नेपाल समयसँग कुरा गर्दै प्रवक्ता गोइतले भने,‘दुबै गाडी अमलेखगन्ज पुगिसकेको छ । जनकपुर आएलगत्तै रिफ्युलिङ कार्य सुरु हुनेछ ।’ तत्काल अस्थायी व्यवस्था गर्न लागिएपनि चाँडै स्थायी व्यवस्था गर्नतर्फ आफूहरु लागि परेको उनले बताए ।

जनकपुर विमानस्थलमै रिफ्युलिङको व्यवस्था भइसकेपछि काठमाण्डौंबाट आउने जहाज एकतर्फको इन्धन बोकेर आउन सक्ने उनको भनाइ थियो । इन्धन भार घटेपछि जहाजले यात्रु संख्या थप्न सक्ने उनले बताए । यसैगरी आपतकालीन अवस्थमा समेत जहाजमा इन्धन भर्न समस्या नहुने उनको भनाइ थियो ।

प्रदेश २ मा रहेका तीनवटा विमानस्थलहरु रहेपनि हालसम्म कुनैपनि विमानस्थलमा रिफ्युलिङको व्यवस्था हुन सकेको छैन् । रिफ्युलिङको व्यवस्था नहुँदा ठुला कम्पनीका जहाजहरुले सेवा दिन नसकेको बताइएको छ ।

प्रदेश २ को जनकपुर, राजविराज र सिमरा गरी तीन ठाउँमा विमानस्थल रहेपनि रिफ्युलिङको व्यवस्था नहुँदा यात्रुलाई धेरै भाडा तिर्नुपर्ने अवस्था रहेको बुद्ध एयर जनपुरका प्रबन्धक विजयप्रसाद सिंह बताउँछन् । जनकपुर विमानस्थलमै रिफ्युलिङको व्यवस्था भइसकेपछि जहाजका साथै यात्रुहरुलाई समेत सहज हुने उनको भनाइ छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।