शनिबार, वैशाख ८, २०८१

महन्तले नै बेचे अर्बौ पर्ने मठमन्दिरको जग्गा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको नागरिक दैनिकले महोत्तरीका एक महन्तले सवा तीन अर्ब भन्दा बढिको मन्दिरको सरकारी जग्गा बेचेको खुलासा गरेको छ ।

महोत्तरीको मटिहानी स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले गुठीअन्तर्गतको जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको खुलासा भएको हो । 

सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, राजनकीलगायत मन्दिरको करिब सात विघा जमिन बिक्रि गरेर उनले हिनामिना गरेका छन् ।

धनुषामा ५ विघा र रुपन्देहीमा २ विघा जमिन विभिन्न मितिमा विक्रि गरेको भेटिएको हो । जसको अहिले चलन चल्तीको मूल्य धनुषाको जग्गाको ३ अर्ब र रुपन्देहीको २३ करोड रहेको समाचारमा उल्लेख छ ।

यस्तै सरकार राजस्व लक्ष्य भेट्टाउन चुकेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।

८ अर्ब ३१ अर्बको राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६ खर्ब ८९ अर्ब रुपैयाँ मात्रै राजस्व असुली गरेको छ । यो लक्ष्यको ८३ प्रतिशत हो । लक्ष्यको ९० प्रतिशतमाथि नजानु सम्भवत अहिलेसम्मकै न्यून भएको समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट्ले भने बाढीपहिरोको वितण्डासँगै सरुवा रोगको त्रास बढेको विषयलाई मुख्य समाचार बनाएको छ । समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै २८ जिल्लामा पिउने पानीको स्रोत दुषित भएको छ । प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, टाइफाइटजस्ता रोगहरु देखिन थालेको छ ।
 
कान्तिपुरले पनि बाढीपिडितको बिचल्लीलाई प्राथमिकताका साथ छापेको छ । पशुसँगै सुत्छन् बाढीपीडित शीर्षकमा उसले खबर लेखेको छ ।  

रौतहटका अधिकांश बाढीपीडित विद्यालय, मन्दिर र आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पीडितहरू विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । त्यहि गाईवस्तु बाँधेका छन् । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।

गाईबस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने त्रास बढ्दो छ । विस्थापितको बासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो ।

विस्थापितले एक सयभन्दा बढी गाईभैंसी, बाख्रा विद्यालयमा बाँधेका छन् । त्यहीँ नजिकै विस्थापितले चुलो बनाएका छन् । तर खाद्यान्न अभावमा धेरैको चुलोमा आगो नबलेको समाचारमा उल्लेख छ ।

यस्तै कान्तिपुरले नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौं रुपैयाँ दस्तुर हिनामिना भएको खुलासा गरेको छ ।

विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतले चालु आर्थिक वर्षमा मात्रै जारी भएकामध्ये करिब १ लाख भिसा स्टिकरको रकम दाखिला नै गरेका छैनन् । भिसा दस्तुरमा हालै गरिएको संसोधनअनुसार ३०, ५० र १ सय २० डलर लिने व्यवस्था गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।