शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं- आज असार ३० गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

संसद बैठक स्थगित भएपछि सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ। 

तत्कालीन उपकुलपति दाससहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति बलप्रसाद दास ‘वीपी’ सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ।

दिनभरका मुख्य घटना (भिडियो)

आजका मुख्य घटनाहरु के भए ? हेर्नुहोस् भिडियोमा

बाढी पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख 

लगातारको वर्षापछि आएको बाढीमा परी ज्यान गुमाएका मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ। 

हकप्रद सेयर निष्काशनमा हकभन्दा बढि आवेदन दिन सकिने

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ ।

लोक सेवाको विज्ञापनविरुद्ध सांसदहरुको हस्ताक्षर

स्थानीय तहहरुका लागि लोक सेवाले जारी गरेको विज्ञापनविरुद्ध सांसदहरुको हस्ताक्षर सुरु गरेका छन्।

'राष्ट्रिय विपत्तिमा संसद बैठक स्थगित गरिनु सरकारको बदमासी'

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।

'सञ्‍चार माध्यममा विदेशी लगानी स्वीकार्य हुँदैन'

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्‍चार माध्ययममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्। 

बाढी पीडितलाई कांग्रेस सांसदले पाँच दिनको तलब दिने

बाढी–पहिरो पीडितहरुलाई कांग्रेसका सांसदहरुले पाँच दिनको तलब दिने भएका छन्।

चिया खान रोकिएका १४ जवानको मृत्यु

भारतको हिमाचल प्रदेशको सोलनमा आइतबारदेखिको भारी वर्षाले चारवटा भवन भत्किँदा ठूलो संख्यामा सुरक्षाकर्मी मारिएका छन्।

'जलवायु परिवर्तनका असर कम गर्न विश्व स्तरमै सहकार्यको आवश्यकता'

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सारेका छन्।

अस्वस्थ कर्मचारीलाई सुविधा थपेर अवकाश दिने सरकारको तयारी

सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ। 

विश्‍वमा आज : कहाँ के-के भयो ?

चिनियाँ राष्ट्रपति भित्रि मंगोलियाको भ्रमणमा निस्किएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवका हैसियतले उनी उक्त स्वायत्त क्षेत्रको भ्रमणमा निस्किएका हुन्।

सार्वजनिक सवारी साधन चढ्दै हुनुहुन्छ ? टिकट माग्न नभुल्नुस्

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला।

शिक्षकको कुटाइबाट मृत्यु भएका किशोरको शव अस्पतालमै, बुबा वेहोस

शिक्षकको कुटाइबाट मृत्यु भएका कञ्चनपुरका १५ वर्षीय माधव कलौनीको शव छ दिन सम्म उठ्न सकेको छैन ।

प्रतिनिधि सभा बैठक स्थगित 

सांसदहरुलाई बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सक्रिय हुन भन्दै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सरकारी पत्रको पर्खाइमा 'विप्लव'

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वार्ताका लागि सरकारी पत्रको प्रतिक्षा गर्दैछ।

विप्लवबाट मारिएका प्रहरीको शव अझै उठेन

गत असार २५ गते विप्लब समुहसंगको भिडन्तमा मारिएका नेपाल प्रहरीका जवान सन्जीव रार्इको शव अस्पतालबाट अझै उठ्न सकेको छैन । 

अछाममा विषालु च्याउले लियो बालिकाको ज्यान

अछाममा विषालु च्याउ र निहुरोको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर विरामी परेका छन्।

यस्तो हुनेछ अबको तीन दिनको मौसम : खतरा कायमै

केहि दिनदेखि लगातार परेको वर्षाको क्रम तत्काल रोकिने सम्भावन नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीले सिमेन्ट उद्योग बगायो, पाँच मजदुरको उद्दार 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगाएको छ।

बाढीपहिरो अपडेट : मृतकको संख्या ६७ पुग्यो, ३० बेपत्ता

लगातार परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।

मध्य तराईमा पुनः बाढी आउने चेतावनी

बाढी पूर्वानुमान शाखाले मध्य तराईका खोलाहरुमा पुनः बाढी आउने चेतावनी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।