बिहीबार, वैशाख १३, २०८१

बाढी पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत – लगातारको वर्षापछि आएको बाढीमा परी ज्यान गुमाएका मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ। 

प्रदेश विपद व्यवस्थापन परिषद’ को निर्णय अनुसार प्रदेश सरकारले डोल्पा लगायतका जिल्लामा वाढीपहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारले राहत स्वरुप प्रतिपरिवार १ लाख रुपैयाँ दिने भएको हो।

सोमबार बसेको परिषदको बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रभावकारी रुपमा विपद व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिएका छन्। वर्षायाम सुरु भएसँगै विपदका घटनाहरु बढिरहेको वताउँदै शाहीले सरकारका सवै संयन्त्रलाई उद्धार, राहत र व्यवस्थापनका कार्यमा ध्यान दिन समेत निर्देशन दिए।

उनले उद्धारका लागि तिन वटै सुरक्षा निकायको टोलीलाई युनिफाईड कमाण्डमा परिचालन हुने व्यवस्था मिलाउन सुरक्षा निकायलाई आग्रह समेत गरे। विपद प्रभावितहरुको उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रवन्धका लागि सवै निकाय एकिकृत रुपमा परिचालन हुनुपर्ने उनको भनाई थियो।
 
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग वाढीपहिरोका कारण अवरोध उत्पन्न हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिए। उनले राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजर सहितको टोलीलाई ४० किलोमीटरको दुरीमा क्याम्प खडा गरेर वस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका हुन्।

त्यस्तै दुर्गम जिल्लामा बाढी आएको खण्डमा उद्धारकार्यलाई प्रभावकारी वनाउन सुर्खेतमा एउटा हेलीकप्टर तयारी अवस्थामा रहने व्यवस्था मिलाउन समेत प्रदेश विपद व्यवस्थापन परिषदलाई निर्देशन दिए।

बाढी पहिरोबाट अहिलेसम्म कर्णाली प्रदेशको डोल्पाको मुड्केचुला गाउँपालिकामा चन्द्रकुमारी सार्की र धर्मराज बोहोराको मृत्यु भएको छ भने सोही ठाउँका नौं जना हराइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।