शनिबार, वैशाख ८, २०८१

सिद्धार्थ बैंकका थप तीन नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सिद्धार्थ बैंकले सोमबारदेखि थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौंको नेपालटार, भक्तपुरको बालकोट र बोडेमा गरी थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको बताएको छ। 

हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १५९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७२ ATM र १३०० भन्दा बढी POS मेसिनमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्