मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तत्कालीन उपकुलपति दाससहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

तत्कालीन उपकुलपति दाससहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति बलप्रसाद दास ‘वीपी’ सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामान खरिदमा अनियमितता भएको सुचना पाएपछि अख्तियारको अनुसन्धानमा चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा भष्टचार गरेको पाइएपछि प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध अख्तियारले मुद्धा दर्ता गरेको हो।

अख्तियारले प्रतिष्ठानका उपकुलपति दासमाथि चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैँया एकहत्तर पैसा बिगो माग गरेको छ। त्यस्तै अस्तालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हाविरुद्ध तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा विगो माग गरेको छ। 

तत्कालीन रजिष्टार नन्दकुमार थापाविरुद्ध एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख सतहत्तर हजार चारसय पाँच विगो माग गरेको छ।

प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तव समेतको संलग्नता देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) बमोजिम जरिवाना तथा सजायको माग राखि विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।