शनिबार, वैशाख ८, २०८१

झापामा ओलीको पल्लाभारी, नेपाल केन्द्रीय सदस्यविहीन

नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा एमाले नै बलियो देखिएको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

झापा– नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा एमाले नै बलियो देखिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा विगतमा खुलेर लागेका नेताहरू पार्टी विभाजनसँगै ओली पक्षमा देखिएका हुन्। 

triton college

नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि झापामा उनको पार्टी केन्द्रीय सदस्यविहीन बनेको छ। एमालेको नवौं महाधिवेशनमा दुई वैकल्पिक केन्द्रीय सदस्यसहित चार केन्द्रीय सदस्य निर्वाचित भएको जिल्लामा नेपालको समाजवादी केन्द्रीय सदस्यविहीन छ। दर्ताका लागि निवेदन पेस गर्दा झापाबाट केन्द्रीय सदस्यमा रविन कोइराला, नरेश खरेल र भास्कर काफ्लेको नाम समावेश भएको थियो। काफ्ले २ जेठ २०७५ अघि एमालेको वैकल्पिक केन्द्रीय सदस्य थिए।

तत्कालीन एमालेमा कोइराला पनि वैकल्पिक केन्द्रीय सदस्य हुन् भने खरेलले भने नवौं महाधिवेशनमा केन्द्रीय सदस्य हारेका थिए। तत्कालीन एमाले र माओवादीको एकताका बेलामा एमालेले थपेको ४६ जना केन्द्रीय सदस्यमध्येका एक हुन्, खरेल। तत्कालीन एमाले र माओवादीको एकता भंग गर्ने सर्वोच्चको आदेशसँगै यी तीन नेता नेपाल समूहमा लागेर झापामा आफ्नो समूहलाई दह्रो बनाउन लागिपरेका थिए। 

यी तीनै नेतालाई मञ्चमा राख्दै नेपालले गत वैशाखमा तत्कालीन एमालेको समानान्तर समिति बनाएका थिए। नेपालले पार्टी दर्ताका लागि निवेदन दिनुअघिसम्म यी नेता एमाले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए। तर, नेपालले पार्टी दर्ता गरेपछि कोही ओलीतिर लागे भने कोही तटस्थ छन्। खरेल अहिले निष्क्रिय छन् भने काफ्ले सम्पर्कमा छैनन्। उपचारका लागि भारत गएको बताउने काफ्ले नेकपा (एकीकृत समाजवादी) को सम्पर्कमा नरहेको पार्टी स्रोतले जनाएको छ। 

नयाँ पार्टीमा समावेश भएका तीन केन्द्रीय सदस्यले इच्छा नदेखाएपछि नेपालको नयाँ पार्टी झापामा केन्द्रीय सदस्यविहीन भएको छ। 

कोइराला भने एमालेमै फर्किएका छन्। विगतमा ओलीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै आएका उनले नेपालले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन्। ‘म एमालेमै छु,’ उनले भने, ‘मेरा असहमति पार्टीभित्र बसेर पार्टीमै राख्छु।’

corrent noodles
Metro Mart

नयाँ पार्टीमा समावेश भएका तीन केन्द्रीय सदस्यले इच्छा नदेखाएपछि नेपालको नयाँ पार्टी झापामा केन्द्रीय सदस्यविहीन भएको छ। विगतमा बनेको एमालेको समानान्तर कमिटीलाई नै नयाँ पार्टीको कमिटीको रूपमा रूपान्तरण गर्ने सहमति भएको जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए। तीन सय ५१ सदस्य रहेको यो कमिटीमा २१ जना तत्कालीन एमालेका जिल्ला सदस्य रहेको उनले बताए। ‘हामी जिल्लामा संगठन निर्माणलाई प्राथमिकता दिएर काम गर्छौँ,’ उनले भने, ‘यहाँबाट केन्द्रीय सदस्य हुन योग्य मान्छे उत्पादन पनि गर्छौँ।’

जनप्रतिनिधिमा पनि नेकपा (एकीकृत समाजवादी) कमजोर

नवगठित पार्टी जनप्रतिनिधिका हिसाबले पनि कमजोर देखिएको छ। एमालेबाट फुटेको यो पार्टीमा निर्वाचित जनप्रतिनिधि पनि कम छन्। तत्कालीन एमालेले प्रतिनिधिसभामा झापाको पाँचवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा जीत निकालेको थियो। 

विगतमा झापा–२ बाट प्रतिनिधिसभामा निर्वाचित पवित्रा निरौला खरेल माधव समूहमा थिइन्। तर, पार्टी विभाजनसँगै उनले माधव समूह त्याग गरिन्  योसँगै झापामा निर्वाचित तीन प्रतिनिधि सदस्यहरू एमालेमा छन्। 

१० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये आठवटा एमालेले जितेको थियो। आठ जनानै प्रदेशसभा सदस्य एमालेमै छन्। जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुली भने नेपालको पार्टीमा खुलेकी छन्। 

जिल्लामा १५ स्थानीय तहमध्ये एमालेले सातवटामा प्रमुख/अध्यक्ष र ११ वटामा उपप्रमुखरउपाध्यक्ष जितेको छ। त्योमध्ये एकजना नगरप्रमुख मात्र नेपालको पार्टीमा खुलेका छन्। अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना नेपालको पार्टीमा खुलेका हुन्।

११ उपप्रमुखमध्ये तीनजना नेपाल समूहमा देखिएका छन्। बिर्तामोड उपप्रमुख पवित्रा महतरा प्रसाईं, भद्रपुर उपप्रमुख चन्द्रमाया श्रेष्ठ र शिवसताक्षीकी उपप्रमुख भोजकुमारी नेपाल माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा देखिएका हुन्। 

प्रकाशित: Aug 25, 2021| 22:20 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...