काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फ्रेन्चाइज क्लब ललितपुर प्याट्रिओटसले इंग्लिस ब्याट्सम्यान एलेक्स जे ब्लाकलाई अनुबन्ध गरेको छ।
क्लबले सूचना सार्वजनिक गर्दै एलेक्सलाई अनुबन्ध गरिएको सार्वजनिक गरेको हो। उनी ब्याटिङ र छरितो फिल्डरका रुपमा परिचित छन्।
ललितपुरले आउँदो संकरणको लिगका लागि भित्र्याएका पहिलो खेलाडी एलेक्स बनेका छन्। तेस्रो संकरणको लिगमा ललितपुरले भैरहवालाई फाइनलमा हराउँदै ललितपुरले उपाधि जितेको थियो।
आउँदो सेप्टेम्बर २५ बाट सुरु हुने चौथो संकरणको लिगमा पनि उपाधि रक्षा गर्ने मनशायमा छ। लिग अक्टोबर ९ सम्म कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ।