बिहीबार, वैशाख १३, २०८१

विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरेर सिकाइ निरन्तरताको पहल गर्न सरोकारवालाको आग्रह

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरुको सिकाइ निरन्तरताको लागि अभिभावकदेखि विद्यालयका शिक्षक सबैले पहल गर्नुपर्ने जनाएको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरुको सिकाइ निरन्तरताको लागि अभिभावकदेखि विद्यालयका शिक्षक सबैले पहल गर्नुपर्ने जनाएको छ।

triton college

केन्द्रले विद्यार्थीको सिकाइ निरन्तरतामा अवरोध आउन नदिन आ–आफ्नो तवरबाट विद्यालयका शिक्षक, प्रधानाध्यापक, अभिभावक, विद्यार्थी, स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति सबैले पहल गर्नुपर्ने जनाएको हो। 

गत वर्षदेखि देश कोभिड–१९ को महामारीबाट आक्रान्त भएदेखि शैक्षिक गतिविधिमा अवरोध सिर्जना भएकाले सबैले पहल गरेर पठनपाठनको गतिविधिलाई अघि बढाउन आग्रह गरेको छ।

केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले विषम परिस्थितिमा पनि बालबालिकाको सिकाइलाई निरन्तर रुपमा सञ्चालन गरी शैक्षिक क्षति कम गर्नका लागि स्थानीय तहको अगुवाइमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक एवं नागरिक समाज, शिक्षक महासंघ लगायतका केही संघसंस्था, स्थानीय तह र विद्यालयका शिक्षकहरुले आ–आफ्नै पहलमा विभिन्न वैकल्पिक पद्धतिका माध्यमबाट शिक्षण सिकाइमा सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिनुपर्ने बताए। उनले भने, ‘तत्काल विद्यालय खोल्ने अवस्था नभएकाले शिक्षण सिकाइलाई आ–आफ्नो तवरबाट सबैले भूमिका निर्वाह गर्नुपर्छ।’

केन्द्रले शिक्षा नियमावली नवौं संशोधन २०७७ का आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ०७७ फागुन ०५ को निर्णयबमोजिम ०७८ असार १ गतेबाट विद्यालयका नयाँ शैक्षिक सत्र शुरु भई सञ्चालन भइरहेको र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ०७७ भदौ १९ को निणर्यानुसार विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले बालबालिकासँग सम्बन्धित स्रोत साधनको पहुँचको अवस्थाका आधारमा बालबालिकालाई पाँच समूहमा वर्गीकरण गरी सोही अनुरुपको सहयोग प्रणालीको प्रवन्ध मिलाएको पनि जनाएको छ।

corrent noodles
Metro Mart


यी हुन् पाँच समूह

क) सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह

ख) रेडियोमा पहुँच भएका विद्यार्थी समूह

ग) टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह

घ) कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह

ङ) इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी 

वर्गीकरण अनुसार विद्यार्थीको अवस्था पहिचान गरी सिकाइ निरन्तरता व्यवस्था मिलाई विद्यार्थीको पढ्न पाउने हकको सुनिश्चितताको लागि सम्पूर्ण अभिभभावक शिक्षक, विद्यालय एवं स्थानीय तहहरुलाई सिकाइ निरन्तरताका लागि स्थानीय तहको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक, शिक्षक ,कर्मचारी, अभिभावक लगायत सबै पक्ष परिचालित भइ सहयोग गर्न आग्रह गरेको हो।

प्रकाशित: Aug 25, 2021| 18:10 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्