शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानमाथि राजनीति नगर्न नेताहरूलाई पूर्वप्रधानन्यायाधीशहरूको चेतावनी

संविधानमाथि राजनीति नगर्न नेताहरूलाई पूर्वप्रधानन्यायाधीशहरूको चेतावनी

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘संविधानमाथि राजनीति भयो, संविधानलाई जुन ढंगले गम्भीरतापूर्वक लिने हो, त्यो लिएको जस्तो हामीलाई लाग्दैन, सत्ता कब्जा गर्ने दृष्टिकोण अहं रह्यो, संविधानले कायम गरेका कुरामा आबद्ध रहने क्रम अलिकम रह्यो।’
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– पूर्व प्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न दलका नेताहरूलाई चेतावनी दिएका छन्। नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराएका हुन्। उनले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाए। 

triton college

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘संविधानमाथि राजनीति भयो, संविधानलाई जुन ढंगले गम्भीरतापूर्वक लिने हो, त्यो लिएको जस्तो हामीलाई लाग्दैन, सत्ता कब्जा गर्ने दृष्टिकोण अहं रह्यो, संविधानले कायम गरेका कुरामा आबद्ध रहने क्रम अलिकम रह्यो।’

अर्की पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालोको नमूना जस्तो भएको बताइन्। उनले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमुना जस्तो राजनीति दलहरुले गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। राजनीतिमा सबै मै हुँ भन्ने अहंकार र आफ्नो दलका नेताहरुलाई समेत मिलाउन नसकेर दलमा कोलाहल पैदा भइरहेको पूर्व प्रधानन्यायाधीश कार्कीको भनाइ छ।

‘राजनीति वा देशको शासन कुनै एउटा दलले चलाउँछ भने त्यो दलले एउटा नमुना बनेर कसरी मुलुकलाई सञ्चालन गरेर जाने, कसरी राम्रो भन्दा राम्रो काम गर्दै लिएर जाने भन्ने हुन्छ तर यहाँ त भताभुंग छ।’

उनले भनिन्, ‘राजनीति वा देशको शासन कुनै एउटा दलले चलाउँछ भने त्यो दलले एउटा नमुना बनेर कसरी मुलुकलाई सञ्चालन गरेर जाने, कसरी राम्रो भन्दा राम्रो काम गर्दै लिएर जाने भन्ने हुन्छ तर यहाँ त भताभुंग छ।’ उनले आफ्नै दलभित्र पनि कोलाहल, दलका नेताहरुलाई मिलाउन नसक्ने, जे कुरा पनि मै हुँ भन्ने खालको अहंता रहेको बताइन्। 

कार्यक्रममा कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकार सर्वोच्चको परमादेशबाट नआएको दाबी गरिन्। उनले सांसदहरुले धारा ७६(५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको बताइन्।

corrent noodles
Metro Mart

उनले भनिन्, ‘सर्वोच्चको संविधानिक इजलासले संविधान संरक्षकाका रुपमा र एउटा नजिर कायम गर्यो, यो सत्य कुरा हो,  सरकार गठनका लागि जुन परिकल्पनाबाट हामीले ७६(५) को ७६ एकदेखि ५ सम्मको सरकारको गठन गर्ने प्रक्रिया संविधानमा लेखेका थियौँ त्यहीअनुसार सरकार गठन भएको हो।’ 


एमालेका नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताए। उनले भने, ‘अहिलेको प्रमुख आवश्यकता र चुनौती संविधानको व्याख्या र प्रयोगमा छ, त्यो धारा ७६ को स्पष्टता आजको आवश्यकता हो, हामीले गर्न खोजेको के हो, भन्न खोजेको के हो ? संविधान बनाउँदा कुन हिसाबले लेख्यौं? त्यसको आसय के हो? यो टुंग्याउनुपर्ने विषय हो।’

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संविधानको नेतृत्व गर्ने दलहरु नै संविधान कमजोर पार्न लागिपरेको बताए। उनले पहिला संविधानको विरोध गर्नेहरुले अहिले संविधानको रक्षा गरेको तर संविधानको नेतृत्व गर्नेहरु विरोधमा उत्रिरहेको बताए।  

कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, राधेश्याम अधिकारी, नवराज सिलवाल, धर्मशिला चापागाईं, रमेश पौडेल, विपिन अधिकारी, इन्दु तुलाधर, लक्ष्मी परियार, बहादुरसिंह लामा, धर्मराज ज्ञवाली र प्रकाश पन्त लगायतले लोकतन्त्रको स्थिति कमजोर रहेको बताए। 

 


प्रकाशित: Aug 25, 2021| 17:32 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...