शनिबार, वैशाख ८, २०८१

सरकारमा सहभागी हुन अझै केही दिन लाग्छ : जसपा

सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ। बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो। 

triton college

'सरकारमा सहभागी हुन अझैकेही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको छ,' बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भने, 'सरकारमा कहिले सामेल हुने? कसरी सामेल हुने? के–कस्ता विषयहरुलाई ध्यान दिने? लगायतका विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल गरेका छौं। सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन्। तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ।'

बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ। त्यसैगरी पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत मार्क्सवादी समूहको अमृत पुरी समूह र लिम्बूवान राष्ट्रिय मञ्चका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको प्रवक्ता खतिवडाले बताए। जसपाले थापालाई पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ।

बिहीबार पुनः तुलसीलाल स्मृति भवनमा केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाइएको छ। बैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। 

सत्ता साझेदारीका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान साढे ८ बजेका लागि सत्तापक्षका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। सरकारमा सहभागी हुनेबारे जसपा अनिर्णीत बनेपछि उक्त बैठकले सत्ता साझेदारीको विषय टुंग्याउन मुस्किल पर्ने देखिएको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Jul 28, 2021| 20:05 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...