शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सनाखत सकियो, दल दर्ताको प्रमाणपत्र पर्खाइमा एकीकृत समाजवादी र लोसपा

सनाखत सकियो, दल दर्ताको प्रमाणपत्र पर्खाइमा एकीकृत समाजवादी र लोसपा

एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा नेताहरूको सनाखत कार्य सम्पन्न भएको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं - एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेताहरूको सनाखत कार्य सम्पन्न भएको छ।  आयोगले नयाँ गठन हुने लागेका दुवै दलका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयसीमा दिएको थियो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्धारित समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदको सनाखत प्रक्रिया सकिएको छ। 

triton college

एकीकृत समाजवादीका केन्द्रीय सदस्य ५४ र संघीय संसद्का २९ सदस्यको सनाखत भएको उनले बताए। यैगरी लोकतान्त्रिक समाजवादी पार्टीका १६ केन्द्रीय कार्यकारिणी समिति सदस्य र १४ संघीय सांसदले सनाखत गरेका छन्। 



दुवै दललाई प्रमाणपत्र प्रदान गर्ने विषयमा छलफल भइरहेको आयोगका अधिकारीहरू बताउँछन्। दुवै दललाई सकेसम्म आजै दल दर्ताको प्रमाणपत्र दिने तयारीमा आयोग छ। 

अध्यादेशमा गरिएको व्यवस्थाअनुसार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिन्छ। सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेका छन्। जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन्।

corrent noodles
Metro Mart

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट  विभाजित नेपाल पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएसँगै नेपाल पक्षले निर्वाचन आयोगमा पार्टी दर्ता गरेको हो। नेपाल पक्षको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्र पाउने भएको छ। 

 ‘५६ मध्ये भाष्कर काफ्ले बाहेक, ५५ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। झलनाथ खनाल काम्रेड अहिले उपचाररत हुनुहुन्छ। उहाँले पनि सनाखत गरिसक्नुभएको छ।’

सनाखतपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चौधरीले ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरुले सनाखत भएको बताए। उनका अनुसार विक्रम शाही, सोमप्रसाद पाण्डे, रामप्रीत पासवान र राजन राई ४ जनाको सनाखतका बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको छ।

उनले भने, ‘५६ मध्ये भाष्कर काफ्ले बाहेक, ५५ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। झलनाथ खनाल काम्रेड अहिले उपचाररत हुनुहुन्छ। उहाँले पनि सनाखत गरिसक्नुभएको छ।’ विक्रम शाही लगायत अन्य चार जना केन्द्रीय सदस्यका बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको छ। चौधरीले भने, ‘उहाँहरुले पनि सनाखत गर्न पाउनुभयो भने यो संख्या ५९ पुग्छ।’ उनका अनुसार ३० जना सांसदले सनाखत गरेका छन्।  नेता चौधरीले नेकपा (एकीकृत समाजवादी) पार्टी ४ महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे। 

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको पनि सनाखत भएको छ। आयोगमा बुधबार सो पार्टीका नेताहरु तथा सांसदहरुको सनाखत भएको हो। जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टीविहीन अवस्थामा पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्‍याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए। 

‘सांसदको हकमा १४ जना सांसद सनाखत गरे। ८ जना चाहिएको थियो, १४ जना सांसद सनाखत गरे, झण्डै ३७ प्रतिशत भयो। कार्यकारिणी समितिमा पुराना ५१ जनामा १७ जनाको सनाखत भएको छ।' 

लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाउने भएको छ। सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको पार्टी विधिवत् रुपमा दर्ता भएको बताए।

उनले भने, ‘सांसदको हकमा १४ जना सांसद सनाखत गरे। ८ जना चाहिएको थियो, १४ जना सांसद सनाखत गरे, झण्डै ३७ प्रतिशत भयो।’ उनका अनुसार कार्यकारिणी समितिमा पुराना ५१ जनामा १७ जनाको सनाखत भएको छ। 

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफूहरुको माग र मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट प्रतिबद्धता व्यक्त गरेका कारण वर्तमान सरकारलाई समर्थन गरेको भन्दै सो माग र मुद्दाको सम्बोधनका आधारमा सरकारसँग सहकार्यका कुरा अगाडि बढ्ने बताए। उनले भने, ‘शेरबहादुरजीले सहयोगको अपेक्षा गर्नुभयो। हामीले हाम्रा केही कुराहरु राखेका थियौँ। उहाँले संसदमा ती कुराहरुको प्रतिबद्धता व्यक्त गरेको आधारमा हामीले यो सरकारलाई विश्वासको मत दिएका हौं।' 


प्रकाशित: Aug 25, 2021| 16:15 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...