शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • महन्थ ठाकुर नेतृत्वको पार्टीका लागि १४ सांसद र १७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत

महन्थ ठाकुर नेतृत्वको पार्टीका लागि १४ सांसद र १७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गराएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गराएका छन्।

triton college

निर्वाचन आयोगले दिएको समयसीमा भित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण गरेका हुन्।

‘आज निर्वाचन आयोगमा १४ जना संघीय सांसद र १७ जना कार्यकारिणी सदस्यको उपस्थित रहेको छ,’ कार्यकारी सदस्य केशव झाले भने।

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आधिकारिकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ पार्टी खोलेका हुन्।  नयाँ दलको नाम लोकतान्त्रिक समाजवादी पार्टी र चुनाव चिह्न साइकल रहेको छ।

प्रकाशित: Aug 25, 2021| 13:46 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...