शुक्रबार, वैशाख १४, २०८१

नयाँ दल दर्ता सनाखतका लागि आयोग जाँदै एकीकृत समाजवादी र लोसपा

नयाँ दल दर्ताका लागि निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- नयाँ दल दर्ताका लागि निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन्।

triton college

आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म दल सनाखतका लागि समय निर्धारण गरेको छ। सोही समय भित्र एकीकृत समाजवादी र लोसपाका नेताहरू आयोग जाने भएका हुन्।

एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट अलग भएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी आयोमा दर्ता गरेका छन्। 

दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरूको मात्र सनाखत हुने आयोगले जनाएको छ। नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरूलाई सनाखतमा सहभाग नगराइने आयोगले जनाएको छ।

प्रकाशित: Aug 25, 2021| 09:05 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...