बिहीबार, वैशाख १३, २०८१

माधव नेपालको साथ छोडेका '३ भाइ' बने एमाले कार्यदल सदस्य

पुस ७ पछि माधव कुमार नेपाललाई साथ दिएका एमालेका १० स्थायी कमिटी सदस्यहरू मंगलबारको बैठकमा सहभागी भएका थिए। मंगलबारको बैठकले उनीहरूलाई विशेष जिम्मेवारी दिएर पठाएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- पुस ७ पछि माधव कुमार नेपाललाई साथ दिएका एमालेका १० स्थायी कमिटी सदस्यहरू मंगलबारको बैठकमा सहभागी भएका थिए। मंगलबारको बैठकले उनीहरूलाई विशेष जिम्मेवारी दिएर पठाएको छ। 

triton college

कार्यदलमा भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि छन्। केही समयअघि सम्म उनीहरू नेता नेपालका पक्षमा थिए। तर नेपालले नयाँ दल गठन गरेपछि यी तीन जनासहित १० जना स्थायी कमिटी सदस्य पुनः केपी ओली नेतृत्वको एमालेमा नै फर्किएका छन्। यस्तै ईश्वर पोखरेल, विष्णु पौडेल र लेखराज भट्ट पनि कार्यदलका सदस्य बनाइएका छन्। 

एमाले एकताका लागि ओलीलाई दिएको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि ओली तयार भएसँगै यसमा आउने जटिलता समाधान गर्न सुझाव दिने र पार्टीका विभाग तथा अन्य निकायलाई पूर्णता दिन सघाउने कार्यादेश कार्यदललाई छ। कार्यदलमा यसले उनीहरूलाई एमालेमै सक्रिय हुनका लागि दबाब बढाएको छ। 

उता नेपाल नेतृत्वको दलले भने ओली पक्षमा सहभागी भएका १० जनालाई मध्यपन्थी अवसरवादीको संज्ञा दिएको छ। 

प्रकाशित: Aug 24, 2021| 18:55 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...