शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस जागरण अभियान : २ हजार कार्यक्रम, ३१ हजार पार्टी प्रवेश

कांग्रेस जागरण अभियान : २ हजार कार्यक्रम, ३१ हजार पार्टी प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रमुख प्रतिपक्षी दल कांग्रेसको पहिलो चरणको ‘हिमाल पहाड, तराई-मधेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न भएको छ।

पहिलो चरणको अभियानका क्रममा २ हजारभन्दा बढी कार्यक्रम भएको छ भने ३१ हजारभन्दा बढीले विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्।

बिहीबार जागरण अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्त विश्वप्रकाश शर्माले पहिलो चरणको अभियानमा ७७ जिल्लामा २ हजारभन्दा बढी कार्यक्रम भएको बताएका छन्।

सत्तारूढ नेकपासहित विभिन्न दलबाट ३१ हजार ६ सय ४२ जनाले कांग्रेसमा प्रवेश गरेको प्रवक्ता शर्माले जनाए।

अभियानबारे कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रूपमा एकसाथ भएको थियो। एक महिना अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत महत्त्वपूर्ण भेला र कार्यक्रम तथा कतिपय ठाउँमा वडास्तरीय कार्यक्रम समेत गरी समग्रमा २ हजारभन्दा बढी कार्यक्रम आयोजना गरिएका छन्।’

जागरण अभियानलाई कुनै पनि राजनीतिक दलद्वारा प्याकेजमा अघि सारिएको बृहत् र नवीन कार्यक्रमका रुपमा लिइएको दाबी गर्दै कांग्रेसले जागरण अभियानको सन्देशबारे भनेको छ, ‘पन्ध्र उद्देश्य तर एक साझा अभियान। कार्यक्रमका स्वरुपहरुको छरितो प्रस्तावना। ‘हिमाल, पहाड, तराई-मधेस’ नामसँगैको भावनात्मक ऐक्यबद्धता र सुगम सहरदेखि दुर्गम गाउँसम्म कार्यक्रम। स्थानीय तहसम्म बृहतस्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव संकलन। गणतन्त्र, संघीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा वौद्धिक छलफल। लामो समयपश्चात् नवीन कार्यक्रम।’

अभियानका क्रममा कांग्रेसप्रति आकर्षण सरकारप्रति विकर्षणबारे विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिले सरकारप्रति तीव्र बढाएको असन्तुष्टि जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ। फेरि पनि नेपाली कांग्रेसले आफूलाई नवीन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं संवद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आमअपेक्षा देखिएको छ। सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ। अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रममार्फत ३१ हजार ६ सय ४२ जना पार्टी प्रवेश गरेका छन्। प्रवेश गर्नुहुनेमा साधारण सदस्यता देखि जिल्ला र गाउँ नगरमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत हुनुहुन्छ। उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ।’

यसैगरी अभियानका क्रममा कमजोरी पहिचान र आम सुझाव प्राप्त भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन्। नेपाली कांग्रेसलाई सुदृढ र नवीन बनाउँदै अघि बढ्न जागरण अभियान क्रममा साथीहरुबाट औंल्याइएका कमजोरीहरु आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै नेपाली कांग्रेस अघि बढ्नेछ।’

जागरण अभियानको दोस्रो चरणको कार्यक्रम भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ। दोस्रो चरण प्रवेश पूर्व केही महत्त्वपूर्ण सांगठनिक अभिभारा सम्पादन गरिने कांग्रेसले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।