शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राजीनामा दिँदै नेप्से सीईओ साउदले भने– छानबिनमा सहयोग गर्न मार्गप्रशस्त गरेको हुँ

राजीनामा दिँदै नेप्से सीईओ साउदले भने– छानबिनमा सहयोग गर्न मार्गप्रशस्त गरेको हुँ

सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेपछि विवादित बनेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेपछि विवादित बनेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन्। 

triton college

करिब डेढ महिना कार्यकाल बाँकी छँदै अर्थ मन्त्रालयले निलम्वन गर्ने तयारीका साथ मंगलबार दोस्रो स्पष्टीकरण सोधेपछि छानबिनका लागि सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको दावी साउदले गरेका छन्। 

उनले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूले नियम कानुनको उल्लंघन नगरेको विभिन्न प्रमाणहरु पेश गरे। उनले पत्रकार सम्मेलनमा भने, ‘नेप्सेको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्व जानकारी नदिई आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर बिक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ति प्राप्त गर्नुअघि दोस्रो बजार र प्राथमिक निष्कासनमार्फत खरिद गरेको सेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको सेयर पूर्व जानकारी दिई प्राथमिक निष्कासनमा खरिद गरे सरह बिक्री गर्न सकिने छ भन्ने व्यवस्था रहेको छ।’

पत्रकार सम्मेलनमा उनले कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको नदेखिएको दावी गर्दै सोही बुँदामा टेकेर आफूले सर्वोत्तम सिमेन्टको सेयर किनेको बताए। त्यस्तै उनले २०७३ भदौ १५ गतेको सञ्चालक समिति बैठकबाट स्वीकृत सञ्चालक आचार संहिताको बुँदा नम्बर (च) को ३ मा नियमित दोस्रो बजारबाट बाहेक कुनै कम्पनीको संस्थापक सेयर खरिद गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको पनि स्पष्ट पारेका छन्। 

त्यसैगरी साउदले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियमम ४७ मा सेयर जारी गर्ने कम्पनीले नियमावली बमोजिम तयार गर्नुपर्ने विवरणपत्र बिक्री प्रस्ताव तथा विवरण पुस्तिकाको एक प्रति स्वीकृतिको लागि बोर्डमा पेश गर्दा सोको एकप्रति सम्बन्धित धितोपत्र बजारमा समेत पेश गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोमा सर्वोत्तम सिमेन्ट सो प्रक्रियामा समेत आइनसकेकोले उक्त कम्पनीको संस्थापक सेयर गरिद गर्दा बिक्री सूचना प्राप्त हुने अवस्था नदेखिने पनि उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे। 

corrent noodles
Metro Mart

धितोपत्र दर्ता तथा निष्कासन नियमालवी २०७३ को नियम ३८ मा संस्थापक सेयर प्राथमिक निष्कासन भएको ३ वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाइने हुँदा तत्कालको सूचनाका आधारमा खरिद गरी दोस्रो बजारबाट लाभ लिने अवस्था पनि विद्यमान नभएको साथै प्राथमिक बजारमा सेयर निष्कासन गर्ने प्रक्रियामा नेप्सेको कुनै भूमिका नहुने पनि उनको दावी रहेको थियो। 

पत्रकार सम्मेलनमा उनले नेप्से धितोपत्रहरुको दोस्रो बजार कारोबारका लागि कारोबारस्थल उपलव्ध गराउने निकाय भएको हुँदा यसले नीतिनियम तर्जुमा गर्ने नियमनकारी निकायको जस्तो भूूमिका समेत निर्वाह नगर्ने हुँदा बजार मूल्यमा प्रभाव पार्न नसक्ने उनको दावी रहेको छ।

त्यस्तै साउदले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा २८ वटा काम गरेको दावी गरेका छन्। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा २०७४ असोज २३ गते बसेको मन्त्रीपरिषद् बैठकले नियुक्ति गरेका साउद नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नो श्रीमतीको नाममा किनेपछि विवादमा तानिएका थिए। 

त्यसअघि नेपाल इस्योरेन्सको सिईओ रहेका साउद तत्कालिन प्रधानमन्त्री पत्नी आरजु देउवालाई प्रभावमा पारेर नेप्सेको सिईओ बनेको बताइएको थियो। गत साउन ३२ गते अर्थ समितिमा साउदले आफूले गल्ती गरेको भन्दै अबदेखि यस्ता कामहरुबाट टाढै बस्ने बताएका थिए।

प्रकाशित: Aug 24, 2021| 18:53 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्