एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी) र ब्राजिलियन स्टार स्ट्राइकर नेयमारबीचको सम्बन्ध बिग्रिएको एक स्पेनिस संचार माध्यमले जनाएको छ । रिपोर्टका अनुसार यस ट्रान्सफर विन्डोजमा नेयमार पिएसजी बाहिर जाने प्रवल सम्भावना रहेको दाबी छ ।
नेयमारको विभिन्न बिबादका कारण नेयमार र क्लबबीचको सम्बन्ध बिग्रिदै आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । नेयमार स्वयमले पनि मंगलबार क्लबमा आफु सहज नभएको समेत बताएका छन् ।
नेयमार आफ्नो पूर्व क्लब बार्सिलोनासँग नजिक भएको बताइएको छ । बार्सिलोनाले उनको स्थितीको बारेमा बुझी रहेको छ र कुनै अनुबन्ध गर्ने विकल्प पाए प्रयास अगाडी बढाउन जनाएको छ ।
२७ वर्षीय नेयमारले स्विकार गरेका छन् की उनले पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने लोभले बार्सिलोना छोडेका थिए । तर, अब उनी पैसाको महत्वकांक्षी नभई वास्तविक पिएसजीमा खुसी नभएको बताइएकोछ । उनले आफु न्यु क्याम्पमा लियोनल मेस्सी र लुईस सुआरेजसँग नै खुसी भएको बताएका छन् ।
यता पिएसजीले सन् २०१७ मा नेयमारसँग गरेको सम्झौता अनुसार तीन वर्ष बाँकी छ । उनले पिएसजीसँग २ वर्ष अगाडि विश्व कीर्तिमानी मूल्यमा पाँच वर्षका लागि सम्झौता गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४