बुधबार, वैशाख १२, २०८१

विश्वकपमा भारत न्युजल्यान्ड भिडन्तको संयोग यस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आज (बिहिबार) भारतले न्युजल्यान्डको सामना गर्दै छ । भारतले न्युजल्यान्डविरुद्ध इंग्ल्यान्डमा खेलेका सबै खेल गुमाएका छन् । संयोग यो छ की दुबै टोलीले इंग्ल्यान्डको मैदानमा तीनवटै खेल विश्वकपमा नै खेलेका छन् । तर, यि तीनवटै खेलमा न्युजल्यान्ड भारतमाथी हाबी देखिएको छ । 

उसो त यि दुई टोली विश्वकपमा ७ पटक आमने सामने भएका छन् । जसमा ४ पटक न्युजल्यान्ड विजयी भएको छ भने तीन खेल भारतले जितेको छ । विश्वकपमा भारत र न्युजल्यान्डबीच पछिल्लो समय सन् २००३ मा भिडेका थिए । उक्त खेलमा भारत विजयी भएको थियो । 

भारत न्युजल्यान्ड भिडन्तको संयोग

यसअघी इंग्ल्यान्डमा चार पटक आयोजना भएको विश्वकप मध्यमा तीन पटक भारत र न्युजल्यान्ड भिडेका छन् । भारतले १९८३ मा विश्वकपको उपाधि जित्दा भने न्युजल्यान्डको सामना गरेको थिएन् । 

भारतले संयोगबस इंग्ल्यान्डमा न्युजल्यान्डसँग आफ्नो तीनवटै खेल १२ जुनदेखी १४ जुनको बीचमा खेलेका छन् । यस पटक पनि भारत र न्युजल्यान्डबीचको खेल १३ जुनमा हुँदै छ ।
 
१९७५ को विश्वकपमा भएको थियो पहिलो भेट

यि दुबै टोली विश्वकपमा पहिलो पटक सन् १९७५ जुन १४ मा म्यानचेस्टरमा आमने सामने भएका थिए । जुन खेलमा न्युजल्यान्डले भारतलाई ४ विकेटले पराजित गरेको थियो । उक्त खेलमा भारतले पहिले ब्याटिङ गर्दै २३० रन बनाएको थियो । 

१९७९ को विश्वकप

सन् १९७५ पछि १९७९ को विश्वकपमा इंग्ल्यान्डमा नै यि दुबै टोली १३ जुनमा  आमने सामने भएका थिए । तर, उक्त खेलमा भारत १८२ रनमा समेटिएको थियो । भारतका लागि सर्वाधिक ५५ रन ओपनर सुनिल गावस्करले बनाएका थिए । उनले १४४ बलमा ५५ रन जोडेका थिए । न्यजल्यान्डले भने ब्रुस एडगरको ८४ रनको अर्धशतकीय पारीको मद्दतले खेल मात्र २ विकेट गुमाएर जितेको थियो । 

१९९९ को विश्वकपमा पनि पराजित

इंग्ल्यान्डमा सन् १९९९ मा आयोजना भएको विश्वकपमा पनि भारत न्युजल्यान्डसँग पराजित भएको थियो । उक्त विश्वकपमा दुबै टोलीले १२ जुनमा प्रतिस्पर्धा गरेका थिए । पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । 

भारतका लागि अजय जडेजाले ७६ रनको अर्धशतकीय पारी खेलेका थिए । तर, न्युजल्यान्डले ४८.५ ओभरमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । न्युजल्यान्डका लागि म्याट होर्नले ७४ तथा रोजर टुजले ६० रनको अर्धशतकीयपारी खेलेका थिए । 

यस पटकको विश्वकपमा पनि भारत र न्युजल्यान्डबीचको खेल १३ जुनमा हुँदै छ । यो हेर्न बाँकी छ की विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले उक्त क्रमलाई तोड्ने छ या छैन् । अथवा केन विलियमसनको कप्तानीमा रहेको न्युजल्यान्डले आफ्नो सानदार रेकर्डलाई निरन्तरता दिने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।