शनिबार, वैशाख ८, २०८१

अखबार : जग्गासँगै भूमाफियाले ४० बढी मन्दिर खाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कसैले भूमाफियाले मन्दीरको जग्गासँगै मूर्तिसमेत गायब बनाएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले मेयरले टिपर र वडाध्यक्षले एक्साभेटर चलाएर कमला नदीको ढुङ्गा गिट्टी खाएको विषयलाई प्राथमिकताका साथ छापेको छन् । केहिले भने लोकसेवा आयोगको विज्ञापन रोक्ने की नरोक्ने भन्ने विषयमा चलिराखेको बहसलाई महत्वका साथ छापेका छन् ।
 
आजको अन्नपूर्ण पोस्ट्ले जनकपुरका ४० भन्दा बढि मन्दिर नै भूमाफियाले गायब बनाएको विषयलाई मुख्य समाचार बनाएको छ । भूमाफियाले यी मन्दिरका जग्गा मालपोत र नापीका कर्मचारीसँग सेटिङमा मिलाएर खाएका छन् भने मूर्तिसमेत बाँकी राखेका छैनन् । 

२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटि भेटिन्थे । तर, पछिल्लो २ दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन् । कुनै बेला मन्दिर र कुटी रहेका ठाउँमा अहिले ठूल्ठूला भवन रहेको समाचारमा उल्लेख छ। 

यस्तै अन्नपूर्णले सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ।

निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए। उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो। विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने एनओसी दिन रोक लगाइएको छैन।

डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन। यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा रहेको समाचारमा उल्लेख छ। 

आजको नागरिक दैनिकले मेयर र वडाध्यक्षले आफ्नो टिपर र एक्साभेटर प्रयोग गरी कमला नदीको ढुङ्गा गिट्टी झिकेर नदिलाई संकटमा पारेको विषयलाई मुख्य समाचार बनाएको छ ।
 
जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको समाचारमा उल्लेख छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारिएको छ । 

नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएको समाचारमा जनाइएको छ ।

यस्तै नागरिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापा बलियो बन्दै गएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूह निर्णायक अवस्थामा देखिएको छ। 

नेकपाभित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ। पार्टीमा थापा समूहका एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन्। जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको अवस्था बलियो देखिएको समाचारमा उल्लेख छ ।

लोकसेवाको विज्ञापन विवादमा सर्वोच्च अदालतले विज्ञापन रद्द नगर्नु पर्ने कारण माग गरेको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ । अदालतले असार ३ गते दुबै पक्षलाई छलफलका लागि डाकेको छ । 

लोकसेवाको विज्ञापनको विषयलाई लिएर सत्तारुढ दल नेकपामा मतभेदसमे देखा परेको छ। आजको कान्तिपुरले लोकसेवा विज्ञापनः सत्तापक्षमै मतभेद शीर्षकमा खबर लेखेको छ ।

नेकपामा पूर्व एमाले पक्षधर संसदीय समितिको निर्णय मान्नु नपर्ने पक्षमा छन् भने पूर्व माओवादी पक्षहरु समितिको निर्णय मान्नु पर्ने अर्थात लोकसेवाको विज्ञापन रद्द गर्ने पक्षमा उभिएको समाचारमा उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।