शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज जेठ २९ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

नेपालको भावानात्मक एकीकरण राजा महेन्द्रबाट : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपाललाई अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गराएको बताएका छन्।

सरकारविरुद्ध दिउँसै बत्ती प्रदर्शन  (फोटो फिचर)

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी  विधेयकको विरोधमा राजधानीमा बुधबार पनि प्रदर्शन भएको छ।

विद्यालय कि भोजस्थल ?

तराई मधेशका जिल्लाहरुमा विहेवारी रातिको समयमा हुने पुरानो परम्परा रहेको छ। विहेमा सहभागी हुन जन्ती पनि ठुलै संख्यामा आउने गरेको छ, तराई मधेशमा। 

एनवीएले माग्यो विशेष छुटसहितका सुविधा

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकललाई मौद्रिक नीतिमा आफ्ना मागहरु समेट्न पत्र लेखेका छन्। बुधबार राष्ट्र बैंकलाई पत्र लेख्दै बैंकर्स संघले मर्जर वा 'एक्वीजिसन' मा जान चाहनेको हकमा विशेष छुटसहितको विभिन्न प्रकारको सुविधाको माग राखेका हुन्। 

विश्‍वमा आज : कहाँ के-के भयो ?

आन्दोलन हिंसात्मक हुन थालेपछि हङकङ प्रहरीले आन्दोलनकारीहरुमाथि रबरका गोली प्रहार गरेको छ।

संसदमा प्रतिपक्षी सक्रिय : गुठी विधेयकदेखि लोकसेवाको विरोधसम्म

संघीय संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सशक्त भएका छन्।

'शैक्षिक प्रमाणपत्र धितो कर्जा' असफल : दस महिनामा १० जनामात्र

'शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा' कार्यक्रम असफल भएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले युवालाई रोजगारी दिलाउने उद्देश्यसाथ यो कार्यक्रम ल्याएको थियो । कार्यक्रममार्फत धेरै बेरोजगार युवा लाभान्वित हुने सोचाइ सरकारको थियो । तर कर्जा लिन युवा आकर्षित नभएपछि कार्यक्रम विफल भएको छ ।

भू-स्वर्ग खप्तडमा गंगादशहराको रौनक 

भू-स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ। शनिबारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भएसँगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेपछि थप रौनकता छाएको हो।

बीबीसीसँग प्रधानमन्‍त्रीले भने- 'हिमालमा हल्ला गरिए जस्तो छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हल्ला भए जस्तो सगरमाथामा समस्या नरहेको दाबी गरेका छन् । बीबीसी बल्र्डसँग कुरागर्दै उनले पैसाका लागि धेरैलाई अनुमति दिएको र आरोहणमै समस्या भएको भन्ने हल्ला निराधार भएको दाबी गरेका हुन् । 

बेलायत भ्रमणमा के के गरे प्रधानमन्त्री ओलीले ? 

दुई दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली राजकुमार ह्यारी प्रधानमन्त्री टरिजा मेलगायत उच्च पदस्तहरुसँग भेटवार्ता गरेका छन् । उनी भूतपूर्व गोरखा सैनिक, गैरआवासिय नेपालीहरुहरुको विभिन्न कार्यक्रमहरुमा सहभागी भएका थिए । 

प्रचण्डले फेरि दोहोर्‍याए - ‘सरकारको नेतृत्व सहमतिअनुसार नै परिवर्तन हुन्छ’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन्।

जागरण होइन, अब कांग्रेस महाधिवेशनमा लाग्‍नुपर्छ

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जागरण अभियानमा नअल्झिई अब पार्टी महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जाेड दिएका छन्। 

लोकसेवा आयोगलाई कारण देखाउ आदेश

लोकसेवा आयोगले स्थानीय निकायका लागि जारी गरेको विज्ञापनका विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ। लोकसेवा आयोगको विज्ञापन असमावेशी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

निकुञ्जभित्र सडक निर्माण नगर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माण सम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ। 

लोकसेवा विज्ञापन रद्द गर्न विद्यार्थी संगठनको माग

लोकसेवा आयोगले स्थानीय निकायका लागि जारी गरेको विज्ञापन खारेज गर्न ११ विद्यार्थी संगठनले माग गरेका छन्। बुधबार लोकसेवा आयोगलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले विज्ञापन खारेजीको माग गरेको हो।

नेतालाई पदक बाँड्दा राज्यको ४ करोड ६५ लाख खर्च

संविधान निर्माणमा योगदान दिएको भन्दै पहिलो र दोस्रो संविधानसभाका सदस्यहरुलाई पदक वितरण गर्दा राज्यकोषबाट चार करोड ६५ लाख रुपैयाँ खर्च भएको छ।

प्राधिकरण भन्छ : भूकम्पपछिको पुनर्निर्माण ८२ प्रतिशत 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुननिर्माणमा ८२ प्रतिशत सम्पन्न भएको दाबी गरेको छ। भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको छ भने दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेका प्राधिकरणले जानकारी दिएको छ।

विश्व बालश्रम विरुद्धको दिवस : बालश्रम अन्त्य नारामै सीमित

नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न सुरु गरेको एक वर्ष भयो। 

चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट

बाँकेको डुडुवा गाउँपालिकामा बुधबार आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्। डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएका बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।

नेपाल र मरिससबीच श्रम समझदारी, यस्तो छ सहमति

नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा मंगलबार दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको हो।

पश्चिम तराईमा भीषण हावाहुरी र वर्षा, स्थानीय त्रसित  

सुदूरपश्चिमको तराईका जिल्लामा बुधबार बिहानैबाट भिषण हावाहुरीसंगै बर्षा सुरु भएको छ । कैलाली कंचनपुरमा बिहानैबाट हावाहुरीसंगै पानी पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । 

विप्लवले गरे गुठी विधेयकको विरोध

नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुठी विधेयकको विरोध गरेको छ।

टिपरको ठक्करबाट पत्रकारको मृत्यु

टिपरको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ। रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भेरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङ लागेर बालिकाको मृत्यु 

बुधबार बिहान चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्।

आवाससम्बन्धी कानुन सुदृढ बनाउन एम्नेस्टीको सुझाव

एम्नेस्टी इन्टरनेसनलले भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै ५० प्रतिशत पीडित असुरक्षित आवासमा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। एम्नेस्टीले भनेको छ, ‘भूकम्पको चार वर्ष बितिसक्दा पनि ५० प्रतिशत भूकम्पपीडित अझै आफ्नो घर बनाउन सरकारी अनुदान पर्खिरहेका छन्।’

५७ लाख ७९ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित प्रहरीले बाराबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादाने ग्राम दर्पा–११ पिपरा टोल बस्ने २४ वर्षीय वृजकिशोर कुमार रहेको प्रहरीले जनाएको छ।

विद्यालय बचाउ अभियानको नाममा रकम ठगी गर्ने पक्राउ

विद्यालय बचाउ अभियानको नाममा रकम ठगी गर्ने एकजनलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका–२ बस्ने ३२ वर्षीय वीरेन्द्र कुमर रहेको प्रहरीले जनाएको छ।

धर्ना बसेका पत्रकार पक्राउ

पत्रपत्रिकालाई प्रदान गरिएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएको विरोधमा जनकपुरस्थित हुलाक कार्यालयमा धर्ना बसेका सप्तरीका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले लोक कल्याणकारी विज्ञापनवापत आउने पैसामा कटौती गरेको भन्दै जिल्ला हुलाक कार्यालय धनुषामा बसेका सप्तरीका पत्रकारहरुलाई पक्राउ गरिएको हो।

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा आगालागी भएको छ । मंगलबार राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ। 

एमबाप्पेको गोलमा फ्रान्सको फराकिलो जित

विश्वकप विजेता टोली फ्रान्सले युरो कप छनोटमा फराकिलो जित निकोलेको छ। मंगलबार राती भएको खेलमा फ्रान्सले एन्डोरामाथि ४-० को फराकिलो जित निकालेको हो । 

टिसीको उपाधिका लागि विमलको दुई गोल

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर चम्कदा टिसी स्पोर्ट्सले माल्दिभ्सको च्यारिटी सिल्ड फुटबलको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा फोकाइधुलाई ३-१ ले पराजति गर्दै उपधि जितेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।