काठमाडौं- आफूहरूले कारबाहीका लागि सिफारिस गरेका १४ जनालाई कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्नि सापकोटामाथि खनिएको छ। मंगलबारको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता प्रदीप ज्ञवाली सभामुखमाथि खनिएका हुन्।
'कि उहाँले भन्नुपरो म सभामुख होइन भनेर। हिजोको माओवादीको कार्यकर्ता मात्र हुँ भन्नु परो। कानुनले नचिन्ने, नमान्ने क्रियाकलाप गरिरहनु भएको छ,' ज्ञवालीले भने, 'यो सरकार र सभामुखका क्रियाकलाप एमालेविरुद्ध छन्। त्यसलाई एमाले सामना गर्छ, गर्दै आएको पनि छ। तर सभामुखका क्रियाकलापले लोकतन्त्रमाथि नै प्रहार गर्छ।'
सभामुखले आफूहरुको सिफारिस कार्यान्वयन गरेको भन्दै उनले एमालेका लागि एक प्रकृतिको कानुन र एमालेबाहेकका लागि अर्कै प्रकृतिको कानुन लागू गरिएको भन्दै सभामुखप्रति रोष प्रकट गरेका थिए।