शुक्रबार, वैशाख ७, २०८१

५७ लाख ७९ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित प्रहरीले बाराबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादाने ग्राम दर्पा–११ पिपरा टोल बस्ने २४ वर्षीय वृजकिशोर कुमार रहेको प्रहरीले जनाएको छ।

बाराको सुवर्ण गाउँपालिका–७ सनफुलवास्थित दशगजा क्षेत्र नजिकैबाट चेकजाँचको क्रममा मंगलबार बेलुका वृजकिशोर नगदसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइलमा आउँदै गरेका उनको शरीर खानतलासी गर्ने क्रममा रकम फेला परेको बाराका डिएसपी सुशिलसिंह राठौरले बताए। राठौरका अनुसार वृजकिशोरले शरीरको विभिन्न भाग र मोटरसाइलकमा रकम लुकाएका थिए।

कम्मर, जिन्स पाइन्टको खल्ती, हेल्मेट र मोटरसाइलको डिक्कीबाट समेत पैसा बरामद भएको बताउँदै राठौरले पक्राउ परेका वृजकिशोरले रकमको स्रोतसमेत खोलाउन नसकेको जानकारी दिए। वृजकिशोरलाई आवश्यक छानबिन एवं कारबाहीका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।