शनिबार, वैशाख ८, २०८१

विद्यालय कि भोजस्थल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – तराई मधेशका जिल्लाहरुमा विहेवारी रातिको समयमा हुने पुरानो परम्परा रहेको छ। विहेमा सहभागी हुन जन्ती पनि ठुलै संख्यामा आउने गरेको छ, तराई मधेशमा। 

विहेमा आएका जन्तीहरुलाई रात्रिकालीन विश्राम गराउन सामुदायिक विद्यालयहरु सहज स्थान बन्दै गएको छ।

बालबालिकाको पठनपाठन नै प्रभावित हुनेगरी सामुदायिक विद्यालयहरु समाजिक कार्यमा प्रयोग भइरहेपनि सरोकारवाला निकायहरुले केही गर्न सकेका छैनन्। विद्यालयहरुमा नियमित पठनपाठन गराउनुपर्ने आवाज उठिरहेका बेला  खास गरेर ग्रामिण भेगका अधिकांश सामुदायिक विद्यालय समाजिक अखडाको रुपमा प्रयोग भइरहेको छ। 

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएपनि गाउँघरका केही राजनीतिक अगुवा तथा विद्यालयका प्रधानाध्यापकसमेतले समाजिक गतिविधिको रुपमा प्रयोग गर्न विद्यालयलाई सरल गन्तव्य बनाएका छन्।

पछिल्लो पटक यस्तै दृष्य देखिएको छ महोत्तरीको गौशाला नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय निगौलमा। समाजवादी पार्टी नेपालका नेता लक्ष्मी महतोको भतिजोको विहेको भोज गर्न मंगलबार विद्यालय नै बन्द गर्न लगाइयो। बालबालिकाको पठनपाठन ठप्प पारेर विद्यालयमा दिनभर भोजभतेर चलिरह्यो। 

विद्यार्थी पढ्ने डेस्कबेन्चलाई खानेकुरा राख्न प्रयोग गरेपछि पठनपाठन अवरुद्ध हुनु स्वभाविक थियो। भोजभतेरकै कारण बुधबार पनि विद्यालय सञ्चालन हुन सकेन। मंगलबार भोजभतेर भएपछि त्यहाँ रहेको फोहोर तथा जुठो सफा हुननसकेपछि बुधबारपनि विद्यालय बन्द भएको बताइएको छ।

विद्यालयमा विहेको भोजगर्न विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेर स्वीकृति दिएको बताइएको छ। पठनपाठन ठप्प पारेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि तथा नेताहरु समेत सहभागी भएका थिए। विद्यालय व्यवस्थापन समितिले विद्यालयका जग्गादातालाई आवश्यक परे विवाह र ब्रतबन्धजस्ता उत्सवहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ। 

यही निर्णयअनुसार मंगलबार विद्यालय बन्द भएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताएका छन्। ठुला व्यक्तिको विहेमा जन्ती राख्न र विवाहको भोज खुवाउन विगतदेखि विद्यालय बन्द हुँदै आएको उनको भनाइ छ।

गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले विद्यालयमा भोजभतेर गर्नु ठीक नरहेको प्रतिक्रिया दिएकी छिन्।

गाउँमा सार्वजनिक स्थानको अभाव भएकोले विद्यालयमा भोज आयोजना गर्नुपरेको नेता महतो बताउँछन्। गाउँमा भोजगर्ने ठाउँ नहुँदा विद्यालयमै भोज गर्नुपरेको उनको कथन छ।

विद्यालयको पठनपाठन ठप्प पारेर भोजभतेर गर्नु गलत रहेको सरोकारवाला बताउँछन्। बालबालिकालाई पढाइलेखाइको अधिकारबाट बञ्चित गरेर विद्यालयमा भोजभतेर गर्नु कानुनविपरित कार्य भएको अधिकारकर्मीको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।