बिहीबार, वैशाख १३, २०८१

पोखरामा गोली चल्यो, एकजना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - पोखराको उत्तमचोकमा प्रहरीले लागूऔषध कारोबारी माथि गोली चलाएको छ। विशेष सूचनाका आधारमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाइएको र सो क्रममा एक लागूऔषध कारोबारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीले चलाएको गोली लागि जोन भन्ने गोविन्द थापा घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपाम लगाएतका १५ सय थान लागूऔषध बरामद गरेको जनाएको छ। घाइतेको अवस्था सामान्य छ।

प्रहरीको पटके सूचीमा रहेका जोन केही समयअघिमात्र कतारबाट सजाय भुक्तान गरेर फर्किएका थिए। उनी सन २०१४ देखि २०१८ सम्म कतारमा कारागारमा थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।