सुर्खेत – साझा विवेकशील पार्टीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उपहार स्वरुप २ अर्बको रातो कार दिएको छ। सरकारले विकास बजेट रकमानन्तर गरी गाडीहरु किनेर विलासीमा भुल्न थालेको भन्दै विरोध स्वरुप खेलौना रातो कार उपहार दिइएको विवेकशीलले जनाएको छ।
साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले मुख्यमन्त्री शाहीलाई कार उपहार दिएका हुन्। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ वटा गाडी खरिद गरेको छ भने अझै १२ वटा गाडी टेन्डरको प्रक्रियामा रहेका छन्।
यस्तै विवेकशीलले आगामी प्रदेशको बजेटमा युवा तथा रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने, नागरिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क गरिनुपर्ने, कर्णालीमा मेडिकल कलेजको स्थापना लगायतमा ८ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको छ।