शनिबार, वैशाख ८, २०८१

नेप्सेका सीईओ साउदले राजीनामा दिए

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्रीलाई राजीनामा दिएका हुन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्रीलाई राजीनामा दिएका हुन्। 

मंगलबार पत्रकार सम्मेलन गरी उनले आफ्नो कार्यकाल केही समय बाँकी छँदै राजीनामा दिन बाध्य भएको बताए। उनले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेका थिए। मन्त्रालयले उनलाई इन्साइडर ट्रेडिङ गरेको भन्दै निलम्बन गर्ने तयारी गरेको थियो।

मन्त्रालयले मंगलबार निलम्बन गर्ने तयारीका साथै दोस्रो स्पष्टीकरण सोधेपछि साउदले राजीनामा दिएका हुन्। उनले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा गरेको कामको फेहरिस्त समेत प्रस्तुत गरेका थिए।

बुक बिल्डिङमार्फत् आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा खरिद गरेको पुष्टि भइसकेको छ। प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर साउदले २५० रुपैयाँमा १० हजार कित्ता किनेका थिए। 
यसबारे अर्थ मन्त्रालयले साउदलाई स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले निलम्बन गर्ने तयारी गरेपछि साउदले राजीनामा दिएका हुन्।

संघीय संसद्को अर्थ समितिले पनि साउदलाई बोलाएर छलफल गरेको थियो। समितिको बैठकमा साउदले आफूबाट गल्ती भएको भन्दै आइन्दा त्यस्तो नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रकाशित: Aug 24, 2021| 17:33 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्