शुक्रबार, वैशाख ७, २०८१

१७ वर्षपछि नेपाली प्रधानमन्त्री बेलायतमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा बेलायतको राजधानी लण्डन पुगेका छन् ।

ओली बेलायतका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा राजधानी लण्डन गएका हुन् । १७ वर्षपछि नेपाली प्रधानमन्त्री वेलायतको औपचारिक भ्रमणमा गएका हुन् । 

स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरू उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले मंगलबार आफ्ना बेलायती समकक्षी टेरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

बेलायती संसदमा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।

प्रधानमन्त्रीसँग आज नेपाली दूतावासमा गैरआवासीय नेपाली संगठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक संगठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्ने कार्यक्रम रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।