एजेन्सि-युइएफए युरो कप क्यालिफयर अन्तरगत स्पेनले स्विडेनमाथी सहज जित निकोलेको छ । सोमबार राती भएको खेलमा स्पेनले स्विडेनलाई ३-० गोलले पराजित गरेको हो ।
पहिलो हाफ गोल रहित बराबर भएको खेलमा तीनवटै गोल स्पेनले दोस्रो हाफमा गरेको थियो । स्पेनको जितका लागि कप्तान सर्जियो रामोस, अल्भारो मोराटा र मिकेल ओयार्जाबालले एक एक गोल गरे ।
खेलको ६४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई खेलमा अगाडी बढाएको थियो । त्यसपछि खेलको ८५ औं मिनेटमा मोराटाले पनि पेनाल्टीमा नै गोल गर्दै स्पनालाई २-० को अग्रता दिलाए । त्यसको २ मिनेट नबित्दै मिकेलले गोल गर्दै स्पेनलाई ३-० को फराकीलो जित दिलाए ।
समूह एफ मा रहेको स्पेनको यो लगातार चौथो जित हो । यसजिसँगै स्पेन १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित स्विडेन भने समान खेलबाट दुई खेलमा जित, एक बराबरी र एक खेलमा हार सहित ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४