शनिबार, वैशाख ८, २०८१

चीनतर्फका नाका खोल्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- नीजि क्षेत्रले चीनतर्फका नाकाहरू खोल्ने योजना सहितको बजेट ल्याउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। उद्योग वाणिज्य संघ सुर्खेतको अगुवाइमा मन्त्रालय पुगेका उनीहरूले प्रदेशको समग्र विकासका लागि चिनतर्फका खोल्नुपर्ने माग गरेका हुन्।

आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई भेटी चीनसँग जोडिएका मुगुको गमगढी–नाक्चेनांग्ला–सिमिकोट–लिमी–लाप्चा, हुम्ला सिमिकोट–हिल्सा र डोल्पा दुनै–धोमुरिम्ला नाका खोल्न यथाशीघ्र गम्भिर पहल थाल्नुपर्ने बताउँदै ध्यानाकर्षण गराएका हुन्। 

यता मन्त्री ज्वालाले नीजी क्षेत्रलाई निराश नबनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको आश्वासन दिए। सुर्खेत उद्योग वाणिज्य संघले १९ बुँदे माग बुझ्दै मन्त्री ज्वालाले निजी क्षेत्रका मागहरूलाई बजेटमार्फत सम्बोधन गर्ने बताए ।

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल

प्रदेशको बजेटले सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजनालाई समेट्नुपर्ने समेत नीजि क्षेत्रले माग गरेका छन्। प्रदेशबाट अन्तर्राष्ट्रिय उडान गर्ने दीर्घकालिन सोचलाई माध्ययनगर गर्दै अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका हुन्। संघले सरकारलाई बुझाइएको १९ बुँदे मागपत्रमा दैलेखको पेट्रोलिय पदार्थको उत्खनन्, सुर्खेतको चौकुने, लखरपाटा र सल्यानको गजेरी सिमेन्ट कारखाना सञ्चालनमा लगायतमा योजनाहरू रहेका छन्।

कर्णालीको बजेटले सुर्खेतमा एक हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्नुपर्ने, प्रत्येक जिल्लामा जिल्लागत विशेषता अनुरुप सार्वजनिक नीजी साझेदारी अवधारणामा आधारित उद्योग सञ्चालन गर्नुपर्ने समेत नीजि क्षेत्रको माग छ। विद्युत विना उद्योग सञ्चालन हुन नसक्नै भन्दै सुर्खेतको विद्युत प्रशारणलाई १ सय ३२ केभीए बनाउनु पर्ने, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई राष्ट्रिय विद्युत प्रशारणलाईन जोड्ने गरी बजेट आउनु पर्ने मागपत्रमा उल्लेख गरिएको छ। 

कर्णालीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा घोषणा गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि प्रदेश सरकारका तर्फबाट ठोस कार्यक्रम र प्याकेज सहित लगानी दशक घोषणा गरिनुपर्ने समेत नीजि क्षेत्रले माग गरेको छ। सुर्खेतमा निर्माणाधिन जडिबुटी संकलन तथा व्यवसाय केन्द्रको बाँकी कामका लागि आवश्यक बजेट विनियोजन गरिनुपर्ने, जडिबुटी प्रशोधन केन्द्रका रुपमा सञ्चालन गरिनुपर्ने, सुर्खेत–दाङ्ग–सल्यान हुँदै रुकुम जोड्ने सडकको स्तरोन्नति, सुर्खेत–दैलेख सदरमुकाम हुँदै महाबु–कालिकोट–जुम्ला सडकलाई दुई लेन बनाउने गरी बजेट ल्याउनसमेत ध्यानाकर्षण गराएको छ। 

जलविद्युत तर्फ

बजेटमा बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना सञ्चालनका लागि पहल गर्नसमेत नीजि क्षेत्रले माग गरेको छ। कर्णालीको अन्धकार हटाउन जाजरकोटको नलसिंहगाड र कालिकोटको तिला कर्णाली जलविद्युत आयोजनालाई प्रादेशिक हीतलाई ध्यानमा राखी सञ्चालन गर्नेगरी योजना सहितको बजेट ल्याउन नीजि क्षेत्रको माग छ। 

धार्मिक क्षेत्र

आर्थिक विकासका लागि आगामी बजेटमा धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण र विकास निर्माणमा समेत जोड दिन नीजि क्षेत्रले सरकारसँग माग गरेका छन्। बजेटमा कर्णालीमा आउने धार्मिक पर्यटकलाई काँक्रेविहारदेखि दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथ हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने गरी कर्णाली सर्किटको स्थापनाका लागि आवश्यक पहल गर्न, सुर्खेत दैलेख कालिकोट–जुम्ला हुँदै मानसरोवर जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखिनुपर्ने लगायतका माग राखेका हुन्।

पर्यटन तर्फ

त्यस्तै आगामी बजेटमा पर्यटकीय क्षेत्रलाई पनि प्राथमिकतामा राख्नसमेत नीजि क्षेत्रले माग गरेको छ। पर्यटन नै कर्णाली समृद्धिको बलियो आधार भएको भन्दै मुगुको राराताल, डोल्पाको शे–फोसुण्डो, सल्यानको कुपिण्डे दह र कालिकोटको पचाल झरणको प्रचार–प्रसार र संरक्षण गर्ने गरी बजेट ल्याउन माग गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।