बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ७ महिनाको तलब नदिँदा हत्या, अभियुक्त १९ वर्षपछि पक्राउ 

७ महिनाको तलब नदिँदा हत्या, अभियुक्त १९ वर्षपछि पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – तत्कालीन जिल्ला वन कार्यालय पर्साका अधिकृत (डीएफओ) तुलसी भक्त प्रजापतीकी श्रीमती ३३ वर्षीय विजयश्वरीको चक्कु प्रहारबाट हत्या भयो। छोराछोरीलाई स्कुल पुर्‍याएर फर्केकी उनको भान्सामा हत्या गरिएको अवस्थामा शव भेटियो।
 
हत्या भएकी उनको शव स्कुलबाट फर्किएका छोराछोरीले देखे। उनको हत्यापछि त्यहाँ कार्यरत कामदार फरार भए। प्रहरीले हत्याको जानकारी पाउँदा फरार भएका कामदारलाई पक्राउ गर्न ढिलो भइसकेको थियो। त्यतिन्जेलसम्म उनी नेपालको सीमा पार गरिसकेका थिए।

डीएफओ प्रजापती जिल्ला वन कार्यालय बारामा रहँदा देवीरमण अधिकारीसँग चिनजान भयो। आर्थिक अवस्था नाजुक भएका अधिकारी कामको खोजीमा थिए। यता प्रजापतीलाई पनि घरमा कामदारको आवश्यकता थियो। प्रजापतीले पर्सा सुवर्णपुरका अधिकारीलाई मासिक १५ सय दिने भन्दै घरमा कामदारको रुपमा भित्र्याए।

विभिन्न वहाना देखाउँदै प्रजापतीकी श्रीमती विजयश्वरीले अधिकारीलाई सात महिनासम्म तलब दिइनन् र अधिकारीमाथि चोरीको आरोप लगाइन्।
 
ठिक १९ वर्ष पहिले अर्थात २०५७ असार ८ गते बिहान साढे १० बजे प्रजापतीकी श्रीमती विजयश्वरीको हत्या भयो। त्यसअघि बिहान छोराछोरीलाई स्कुल पठाएर घर फर्केकी उनलाई घरमा काम गर्ने अधिकारीले पुनः तलब मागे र दुईबीच भनाभन भयो। विजयश्वरी भान्सामा खाना खाँदै थिईन अधिकारीले भान्सामा रहेको चक्कुले विजयश्वरीको घाँटी रेटी विभत्स हत्या गरे।

हत्यापछि फरार रहेका अभियुक्ता देविरमण अधिकारी आइतबार दिउँसो घटनाको १९ वर्षपछि भैरहवाबाट पक्राउ परे।

प्रजापतीकी श्रीमती विजयश्वरी १४ वर्षीया छोरी तृप्ती र १२ वर्षीय छोरा विमल प्रजापतीका साथ भक्तपुर कटुन्जेमा बस्दै आएकी थिइन्। उनका श्रीमान जिल्ला वन कार्यालय हेटौडामा कार्यरत थिए।
 
हत्यापछि अधिकारी भारत पुगेका र उतै लुकेर बसेका केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। उनी १९ वर्षमा चार पटक मात्र नेपाल आएका प्रहरीले खुलासा गरेको छ। अधिकारीका नेपालमा श्रीमती, एक छोरा र एक छोरी छन् भने भारतमासमेत उनले दोश्रो विवाह गरेको खुलेको छ।

सिआईबीले हत्याका अभियुक्त अधिकारीलाई आइतबार भैरहवाबाट पक्राउ गरेको हो। ब्युरोका प्रमुख डिआईजी निरजबहादुर शाहीले गृहमन्त्रालयको स्वीकृतीमा हत्यारा खोज्न सिआईबीको टोलि मुम्बईका विभिन्न स्थानमा पुगेको र उनी नेपाल छिरेको सुचना पाएपछि नेपाल भारत सीमाबाट पक्राउ गरिएको बताए।

ब्युरोको प्रारम्भीक अनुसन्धानमा अधिकारीले विजयश्वरीको हत्या गरि ८ तोला सुनका गहना, ६ हजार नगद र चार हजार पर्ने लेडिज ज्याकेट चोरेर फरार भएको खुलेको छ। हत्यापछि अधिकारी भारतको बनारस पुगेको र पक्राउ पर्ने डरले महाराष्ट्रको पुने र पछिल्लो समय मुम्बईमा ड्राईभरको रुपमा काम गर्दै आएको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।