बिहीबार, वैशाख १३, २०८१

चार दिनदेखि नगरपालिकामा तालाबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बाजुरा- जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ। नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन्। नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालय बन्द गरेको भरत विकले बताए।

कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन्। नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नं. को बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको तालाबन्दी गर्नेहरूको भनाइ रहेको छ।

कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको र आफू अनुकूल ठेक्का दिएर जबर्जस्ती नगरप्रमुखले डम्पिङ साइड निर्माण गर्न लागेको आरोप लगाइएको छ।

वडाध्यक्षसमेतले जनताको मागलाई ध्यान नदिएर नगरप्रमुखको नै आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनताको स्वास्थ्यलाई पर्ने असरको बेवास्ता गरिएको स्थानीयवासीको भनाइ रहेको छ। स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरी दिनभर कोल्टीमा नारा जुलुससहित विरोध गर्ने गरेका छन्।

खोला नजीकै फोहर व्यवस्थापन गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिङ्गो नदी नै दुर्गन्धित हुने र वातावरण प्रदूषित हुने असन्तुष्ट पक्षहरुको तर्क छ। आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् भने दैनिक कामकाज प्रभावित छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।