काठमाडौं- महिला फुटबल राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी कप छनोट खेल्ने राष्ट्रिय टिमको घोषणा गरेका छन्।
प्रशिक्षक फिलिप्सले उज्वेकिस्तानमा फिलिपिन्स र हङकङविरुद्धको खेलको छनोटका लागि नेपाली टिमको घोषणा गरेका हुन्।
फरवार्ड सावित्रा भण्डारी उपचारका क्रममा कतारमा रहेकाले छनोट खेलमा सहभागी नहुने भएकी छन्।सावित्रा बाहेक प्रशिक्षक फिलिप्सले अहिलेको बन्द प्रशिक्षणबाट ५ खेलाडी घटाएर २३ सदस्यीय टिम घोषणा गरेका हुन्।
बन्द प्रशिक्षणबाट बाहिरिनेमा अमिशा कार्की, अन्जली वाइवा, हिमा चौधरी, मनिषा राउत, शर्मिला थापा छन्।नेपाली महिला टिमले सेप्टेम्बर १८ मा फिलिपिन्ससँग र सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ।
गोलकिपर : अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ