बिहीबार, वैशाख १३, २०८१

साढे दुई अर्ब बराबरको आइपिओ आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - धितोपत्र बजारमा साढे २ अर्ब बराबरको साधारण सेयर (आइपिओ) जारी हुँदैछ। नेपाल धितोपत्र बोर्डका अनुसार १३ वटा कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता सेयरको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न निवेदन परेको छ।

निवेदनमा एक करोड ८० लाख ९१ हजार ६० कित्ता सेयर अर्थात् १ अर्ब ८० करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको आइपिओ जलविद्युत क्षेत्रको मात्र रहेको छ।

माइक्रोफाइनान्स समूहले १० करोड ६२ लाख ६० हजार रुपैयाँ बराबरको १० लाख ६२ हजार ६०० कित्ता सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएका छन्।

सिटिजन्स बैंकको अभिभावकत्व रहेको सिआइबिएल क्यापिटल लिमिटेडले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएको छ। सिइडिबी हाइड्रो फन्ड लिमिटेडले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार ३०० कित्ता सेयर जारी गर्ने अनुमतिका लागि बोर्ड पुगेको छ।

बोर्डमा ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड, ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता सेयर आइपीओ जारी गर्ने अनुमति लिन बोर्ड पुगेको छ भने लिबर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता, शुभम् पावर लिमिटेड ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५८० कित्ता, घोडीघोडा लघुवित्त वित्तीय संस्थाले एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएका छन्।

मैलुङ खोला जलविद्युत कम्पनीले ७ करोड, ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता, माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३८ हजार ५४ कित्ता, शुभश्री हाइड्रो पावर लिमिटेडले ३३ करोड ६१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ६१ हजार १४० कित्ता, सबैको लघुवित्त वित्तीय संस्थाले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता सेयर जारी गर्नका लागि निवेदन दिएका छन्।

त्यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँको ४ लाख कित्ता, गर्जङ उपत्यका हाइड्रो पावरले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता, लुङहिङ बुद्ध पावर नेपालले ९ करोड ७८ रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता साधारण सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएका छन्।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार ती सबै निवेदनको प्रक्रिया पूरा भएपछि आइपिओ जारी गर्न स्वीकृति दिइनेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्