काठमाडौं- सहयोगी विकास बैंकको प्रमूख कार्यकारी अधिकृत (सिइओ) विनय रिजालले नीति बाहिर रहेर सञ्चालकको दवावमा काम गर्न नसक्ने भन्दै पदबाट राजिनामा दिएका छन् ।
उनले आफूले सहयोगी विकास बैंकलाई राष्ट्रियस्तरको प्रतिष्ठित बैंक बनाउन चाहेपनि आफ्नो सोचाइ अनुसार बैंक चलाउन नसकेपछि राजीनामा दिएको बताए । उनले आफू नीति, विधि र प्रविधिले चल्ने भएकाले पनि सो बैक टिक्न नसकेको दावी गरे ।
उनी सेवा विकास बैंकको सिइओमा नियुक्त भएको जम्मा १८ महिना मात्र भएको छ । उनलाई बैंक सञ्चालक समिति चार बर्षको लागि सिइओमा नियुक्त भएका थिए ।
राजिनामा स्वीकृतिसँगै उनलाई बैंकले कार्यक्रम आयोजना गरी बिदाइ समेत गरेको थियो ।
रिजालको बहिर्गमनसँगै बैंक सञ्चालक समितिले सुन्दर खड्कालाई कामु प्रमुख कार्यकारी सुम्पेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४