शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अन्तत: झुके मेयर द्वारिकलाल, फिर्ता लिए नाक भाँच्‍ने धम्की

अन्तत: झुके मेयर द्वारिकलाल, फिर्ता लिए नाक भाँच्‍ने धम्की

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल समयका प्रदेश १ संयोजक विराट अनुपमको नाक भाँच्ने धम्की दिएका इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरी अन्नत झुकेका छन् । उनले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका हुन् । 

मेयर चौधरीले पत्रकार विराट अनुपमलाई 'तेरो नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु' भन्दै धम्की दिएका थिए । यस्तो धम्की दिएपछि मेयरको चर्को आलोचना भएको थियो । सार्वजनिक रुपमै पत्रकार कुट्छु र नाक भाँच्छु भन्ने मेयरमाथि कारबाही हुनुपर्ने माग समेत उठेको थियो । 

उनको शैलीको चर्को विरोध भएपछि अन्नत उनले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो अभिब्यक्ति फिर्ता लिएका छन् । उनले विज्ञप्तिमार्फत आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिएका छन् ।

उनले भनेका छन्, ‘मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

उनले विज्ञप्तिमा भनेका छन्, '०७६ जेठ २१ गते इटहरीका एक जना पत्रकारले फेसबुक कमेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रमहरुमा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाईहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुस्ख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।'

मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताएका छन् । उनले आफू इटहरीको विकासमा दृढ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

याे पनि पढ्नुहाेस्- पत्रकारलाई मेयरको अर्को धम्की : करोड खर्च गरेर नाक भाँचिदिन्छु (अडियो)

याे पनि पढ्नुहाेस्- 
मेयरको धम्की : ‘हिजो हात हाले, अब लात हान्छु’

यस्ताे छ मेयर  चौधरीकाे विज्ञप्ति










 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।