शुक्रबार, वैशाख ७, २०८१

सरकार अधिनायकवादतिर : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका गतिविधि अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। 

देउवाले अधिनायकवादतर्फ उन्मुख सरकारका गतिविधिविरुद्ध कांग्रेस थप एकतावद्ध भएर जागरण अभियानलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण सम्पन्‍न भएपछि आइतबार एक वक्तव्य जारी गर्दै देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। 

'अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधि विरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न म पार्टीका आम साथीहरुमा अपिल गर्दछु, देउवाले भनेका छन् , लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्नुछ । 

जागरण अभियान मार्फत् यो दिशामा प्राप्त ऊर्जालाई पूँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्ने देउवाको भनाइ छ।

देउवाले भनेका छन्, 'जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको छ ।' 

देउवाले वक्तव्यमा भनेका छन्, पार्टीका सदस्यहरुमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको छ । वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको प्रथम चरणको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नु हुने स्वदेश र विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।' 

देउवाले गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्नु हुने सबै केन्द्रीय प्रतिनिधिको क्रियाशीलताको प्रशंसा गर्दै जिल्लाहरुमा कुशल नेतृत्व गर्नु हुने सबै जिल्ला सभापति र जिल्ला समितिहरु, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।