बिहीबार, वैशाख ६, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज जेठ २६ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

नगरपालिकाको ट्याक्टरले च्यापेर महिलाको मृत्यु

कैलालीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको हो। 

नगरपालिकाको ट्याक्टरले च्यापेर महिलाको मृत्यु

कैलालीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको हो। 

विप्लवका २२ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द विप्लवका २२ नेताकार्यकर्ता कास्कीबाट पक्राउ परेका छन् । कास्कीको उत्तरी भूभागमा विप्लब समूहले गतिविधि बढाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

ज्यान गुमाउनेका परिवारलाई डेढ लाख सहयोग

हावाहुरीले बितनपडा मच्चाएको चार दिन पछि बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रभावितहरुलाई राहात दिने निर्णय गरेको छ।  आइतबार बसेको बैठकले बिहीबारको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने निर्णय गरेको छ।  

'डेन्‍जर जोन'मा मुख्‍यमन्‍‍त्री लालबाबु

प्रदेश २ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित हुनेमा संशय उत्पन्न भएको छ। सत्तारुढ दलकै सांसदहरुले हालेको संशोधन फिर्ता नलिने अडान राखेपछि सरकारको नीति तथा कार्यक्रम संकटमा परेको छ।

प्रशासकीय अधिकृत निलम्बित

सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन्। 

इंग्ल्यान्डको एकदिवसीय विश्व रेकर्ड

इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटमा नयाँ रेकर्ड बनाएको छ। आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा बैगलादेशलाई पराजति गर्दै एकदिवसीय क्रिकेटमा नयाँ रकर्ड बनाएको हो। 

‘मलको कालोबजारी गर्नेलाई सरकारले छोड्दैन’

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले मलमा सल्बलाएका विचौलिया र कालोबजारीलाई कडाई गर्ने चेतावनी दिएका छन्। उनले किसानले पाउने मलमा कालोबजारी र विचौलिया हावी भएको जानकारी आएकोले उनीहरुलाई सरकारले नछोड्ने बताए। 

एनआरएनले सुरु गर्‍यो ‘फेमिली कार्ड’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का औपचारिक सदस्य एवं तिनका परिवारलाई आइतबार एनआरएन फेमिली कार्ड वितरण सुरु गरिएको छ।

बढ्दै दुर्घटना, पढ्दै चालक

अघिल्लो हप्ता काठमाडौंको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो। क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो। उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन (मापसे) गरेका थिए। उनले दायाँ बायाँ नहेरी एकसुरमा हुइँक्याउँदा ट्याक्सी ठोक्किन आएको प्रहरीको विश्लेषण छ। 

‘ओलीका कारण मुख्यमन्त्रीको रुवाबासी’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सातै प्रदेशका मुख्यमन्त्रीहरुमा रुवाबासी सुरु भएको टिप्पणी गरेका छन्। ‘केपी ओली र वर्तमान सरकारका कारण मुख्यमन्त्रीहरुमा रुवाबासी सुरु भएको छ’, आज सुर्खेतमा भएको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले भने, ‘ केन्द्रले प्रदेशलार्ई अधिकार दिएन, जसले गर्दा मुख्यमन्त्रीहरु रुवाबासी गर्नुपर्ने बेला आयो।’ केन्द्रले आवश्यक  नियमकानुन नबनाउँदा प्रदेश सरकार अधिकारविहीन भएको उनको भनाइ थियो।

'रक्सी झगडा'मा सुमनको ज्यान गयो

आपसी झगडाका कारण रुपन्देहीको देवदहमा एकजनाको मृत्यु भएको छ । रुपन्देही प्रहरीका अनुसार सँगै बसेर मदिरा सेवन गरेका साथीहरु एकआपसमा लड्दा देवदहका २८ वर्षीय सुमन थापालाई मराणासन्‍न हुने गरी कुटपिट गरेका थिए । थापाको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्रिविमा पनि छिर्‍यो होली वाइन !

इसाई थर्म प्रचारक संस्था एसिया प्यासेफिक फाउन्डेसनको योजनाअनुसार त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भइरहेको छ । भोलिसम्म काठमाडौंमा चल्ने सम्मेलन उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा गरिन्।

मोदी रिटर्नस, नेपालमा जयशंकर आतंक ! 

गए दुई साता लेखपढ गर्ने प्रायः को ध्यान भारतीय निर्वाचन परिणामतर्फ थियो। पाँच सय ४३ स्थान भएको लोकसभा निर्वाचनको परिणाममा भारतीय जनता पार्टी तीन सयभन्दा उकालै लाग्यो।

पाल्पामा जंगली च्याउ खाँदा २ को मृत्यु, ९ बिरामी 

पाल्पामा जंगली च्याउको तरकारी खाँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना गम्भीर बिरामी परेका छन् ।  मृत्यु हुने र बिरामी पर्नेहरु निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडाको भएको प्रहरीले जनाएको छ।  

नविल बैंकको बदमासीका कारण ऋणी मर्कामा

कोटेश्वरकी सजना राइले नविल बैंकबाट पाँच बर्ष अगाडी छोरोलाई अष्ट्रेलिया पढ्न पठाउनको लागि १४ लाख रुपैयाँ शैक्षिक कर्जा लिएकी थिइन् । 

कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै जित हात पारेका हुन् । 

प्रहरीले घेरा हालेर समात्यो विप्लवका १८ जना नेतालाई 

नेत्रविक्रम चन्द (विप्लव) समूहका कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश) सहित १८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरिया भाषा परिक्षा आज पनि : ४६ हजारले दिए परिक्षा  

सन् २०१९ को कोरियाली भाषाको परीक्षा आइतबार पनि हुँदैछ । शनिबार भएको पहिलो दिनको परिक्षामा ४६ हजार युवा सहभागी भएका छन् । 

युरोप हिडेका प्रधानमन्त्री दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन् ।

आज भोटो जात्रा : उपत्यकामा सार्वजनिक बिदा

उपत्यकामा आइतबार (आज) भोटो जात्रा मनाइँदै छ । भव्य कार्यक्रमकाबीच ललितपुरको जावलाखेलमा साँझ पाँच बजे रातो मच्छेन्द्रनाथका भोटो देखाइने छ। 

भारती स्टेजमा नेपाली प्रतियोगी

अहिले सारेगमपाको रौनक भारतमा भन्दा पनि नेपालमा बढेको छ। कारण नेपाली भूमिका दुई प्रतियोगी प्रतिम र आयुष दुवै फाइनलमा पुगेको छन्। उनीहरू टप ६ मा पुगेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।