शनिबार, वैशाख ८, २०८१

४ दिन पछि त्रिपाल बाड्यो प्रदेश सरकारले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले  चार दिन पछि हावाहुरी पीडितलाई राहत स्वरुप त्रिपाल वितरण गरेको छ। 

प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाहले धनगढी उप–महानगरपालिकाका दुई वटा वडामा राहत स्वरुप पीडितलाई त्रिपाल हस्तान्तरण गरेका हुन्। धनगढी उप–महानगरपालिका–१५ मा ८५ र धनगढी उप–महानगरपालिका वडा नम्वर ८ मा १५ वटा त्रिपाल वितरण गरिएको हो। 

यस्तै जिल्ला विपद व्यवस्थापन समितिले गठन गरेको उप समिति मार्फत जिल्लाको कैलाली गाउँपालिकामा ६ सय १ थान त्रिपाल वितरण गरिएको छ। समितिका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले गाउँपालिकाका विभिन्न वडामा ६ सय १ थान त्रिपाल वितरण गरिएको जानकारी दिए। यस्तै जिल्लाको गौरीगंगा नगरपालिकामा चट्याङ लागेर घाईते भएका ५ जनालाई २–२ हजारका दरले १० हजार आर्थिक सहयोग पनि गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।