धनगढी– हावाहुरीले बितनपडा मच्चाएको चार दिन पछि बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रभावितहरुलाई राहात दिने निर्णय गरेको छ। आइतबार बसेको बैठकले बिहीबारको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने निर्णय गरेको छ।
बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप डेढ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए। यस्तै हावाहुरीले घरमा पूर्णक्षती पुगेका परिवारलाई क्षतीपूर्ती स्वरुप २० हजारका दरले राहात वितरण गर्ने तथा आंशिक क्षती भएका परिवारलाई १० हजार राहात स्वरुप दिने निर्णय भएको शाहले बताए।
यस्तै पशुपंक्षी, कृषि लगायतका अन्य क्षेत्रमा भएको क्षतीको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धीत मन्त्रालयले राहात वितरण गर्ने निर्णय गरेको छ भने विभिन्न संघसंस्थाबाट आउने राहात मुख्यमन्त्री राहात कोष मार्फत वितरण गर्ने निर्णय पनि गरिएको छ। बिहीबार कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले दुई जनाको मृत्यु भएको थियो भने सयौं घरमा आंशिक र पूर्णक्षती पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४