काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड’का गोल्डस्टार जुत्ताको सथ रहने भएको छ । ओयाजक मञ्च र गोल्डस्टारको उत्पादक किरण सु म्यानुफ्याक्चरबीच सम्झौता पत्रमा आइतबार हस्ताक्षेर भएको छ ।
सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र किरण सु म्यानुफ्याक्चरकी विदुषी राणाले सम्झौता पत्रमा हस्ताक्षेर गरे । सम्झौता गरेसँगै गोल्डस्टारले ८ लाख नगद र ३ लाख बराबरको विभिन्न विधाका मनोनित खेलाडी तथा विजेता खेलाडीलाई आफ्ना उत्पादन सामग्री सहित गिफ्टह्यामपर प्रदान गर्ने छ ।
अवार्ड असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने छ । पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डगरी १० विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४