बिहीबार, वैशाख १३, २०८१

‘मलको कालोबजारी गर्नेलाई सरकारले छोड्दैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले मलमा सल्बलाएका विचौलिया र कालोबजारीलाई कडाई गर्ने चेतावनी दिएका छन्। उनले किसानले पाउने मलमा कालोबजारी र विचौलिया हावी भएको जानकारी आएकोले उनीहरुलाई सरकारले नछोड्ने बताए। 

सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले कृषिमा निर्भर जनताको संख्यालाई अन्यत्र नै मोड्न वा व्यवसायिक कृषितर्फ मोड्नका लागि विभिन्न कार्यक्रमहरु गरिनुपर्ने बताए। 

उनले भने, ‘कृषिमा धेरै जनसंख्याको आवद्धताभन्दा यसमा आधुनिकीकरण गर्दै यान्त्रिकरणतर्फ जानुपर्छ। यसमा निर्भर रहेको जनसंख्यालाई अन्य क्षेत्रतर्फ रोजगारी सिर्जना गर्नेतर्फ लगाउनुपर्छ।’
उनले कृषिमा कम बजेट छुट्याइएकोमा असन्तुष्टि जनाउँदै नेपाललाई कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने स्पष्ट पारेका छन्।

मन्त्री खनालले अहिले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिमा बजेट छुट्याईएको सुनाउँदै भएको बजेटलाई कार्यान्वयन गर्नेतर्फ आफू सचेत रहेको बताए। उनले भने, ‘हामी केही चिनिएका कृषि उत्पादनहरु जस्तो माछा, खसी–बोका र दुद्यमा निकट भविष्यमा आत्मनिर्भर हुन्छौं। सोहीअनुसार हामीले कार्यक्रम अघि सारेका छौं। यसपटकको बजेटमा पर्याप्त बजेट छुट्याइएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।