शनिबार, वैशाख ८, २०८१

एनआरएनले सुरु गर्‍यो ‘फेमिली कार्ड’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का औपचारिक सदस्य एवं तिनका परिवारलाई आइतबार एनआरएन फेमिली कार्ड वितरण सुरु गरिएको छ।

गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी एनआरएन कार्डको सुरुवात गरिएको हो। यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने बाबुआमा, श्रीमानश्रीमती र छोराछोरीले प्राप्त गर्न सक्नेछन्। यद्यपि विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन।

संघले सदस्यलाई सदस्यताबापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानसँग सहमति गरी ती प्रतिष्ठानले आपूर्ति गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ। जसअन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन्।

कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपालभित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेस्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एन्ड टिकट एजेन्सी, सूचना तथा सञ्चारसम्बन्धी क्षेत्र, बैंकिङ क्षेत्र, बिमा, फिटनेस सेन्टरलगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन्। कार्डको म्याद २ वर्षको हुनेछ। त्यसपछि कार्ड पुनः नवीकरण गराउनुपर्नेछ।

यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनुपर्नेछ। संघले आफ्ना सदस्यहरुको क्यु आरकोड सहितको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै सुरु गरिसकेको छ।

कार्ड वितरण कार्यक्रम सम्बोधन गर्दै एनआरएनका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस् भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए।

गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यताबापत केही प्रभावकारी सेवासुविधा पाउन सकून् भनी यो कार्डको व्यवस्था गरिएको उनको भनाइ रहेको छ।

यस्तै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताए। आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैंकिङ, बिमालगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्डमार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी दिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।