बिहीबार, वैशाख १३, २०८१

‘ओलीका कारण मुख्यमन्त्रीको रुवाबासी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सातै प्रदेशका मुख्यमन्त्रीहरुमा रुवाबासी सुरु भएको टिप्पणी गरेका छन्। ‘केपी ओली र वर्तमान सरकारका कारण मुख्यमन्त्रीहरुमा रुवाबासी सुरु भएको छ’, आज सुर्खेतमा भएको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले भने, ‘ केन्द्रले प्रदेशलार्ई अधिकार दिएन, जसले गर्दा मुख्यमन्त्रीहरु रुवाबासी गर्नुपर्ने बेला आयो।’ केन्द्रले आवश्यक  नियमकानुन नबनाउँदा प्रदेश सरकार अधिकारविहीन भएको उनको भनाइ थियो।

नेता सिंहले वर्तमान सरकारले प्रदेशलाई बजेट र अधिकार नदिएर संघीयताविरोधी गतिविधि गरेको समेत आरोप लगाए। ‘सरकार संघीयता र संविधान विरोधी गतिविधि गरिरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०७६/०७६ मा प्रदेश र स्थानीय तहको बजेट घटाउनु एउटा प्रमाण हो।’ अघिल्लो आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ३३.७ प्रतिशतबाट ०७६/०७७ मा घटाएर ३० प्रतिशतमात्रै बजेट दिएको सिंहको दाबी थियो। त्यस्तै निर्वाचन आयोग, मानवअधिकार र अख्तियारजस्ता संवैधानिक निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप सिंहले लगाए। सिंहले वाइडबडी, बालुवाटार जग्गा प्रकरण र नेपाल टेलिकमको घोटालाकाण्डको ढाकछोप गरेर सरकारले लोकतन्त्रको धज्जी उडाएको समेत टिप्पणी गरे।

‘नेतृत्व समयको मागअनुसार चल्नुपर्छ’

यस्तै एक अर्काे प्रशंगमा नेता सिंहले पार्टी नेतृत्वको कार्यशैलीप्रति आमकार्यकर्ताले प्रश्न उठाएको भन्दै तत्काल सच्चिनुपर्ने धारणा राखे। ‘नेतृत्व समयको मागअनुसार चल्न सकेन’, उनले थपे, ‘जसका कारण पार्टीको तीनै तहका सरकारमा कमजोर साबित भयो, अब नेतृत्व सच्चिएर अगाडि बढ्नुको विकल्प छैन।’ पार्टीकै अगुवाइमा देशमा ठूलाठूला परिवर्तन सम्भव भएको उल्लेख गर्दै सिंहले नेतृत्वले कार्यकर्ताका भावना सम्बोधन गर्नुपर्ने धारणा राखे। उनले पार्टीभित्रको गुटउपगुट अन्त्य गरी अगामी निर्वाचनको बाटो तय गर्नुपर्ने जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।