धनगढी– एउटा नीति वचन छ, सन्तान खराब हुन सक्छन् तर आमा कहिल्यै ‘कुमाता’ हुँदिनन्। त्यसैले सहनशीलताकी प्रतिमूर्ति आमा सर्वत्र पुज्य हुन्छिन्। तर केही आमा भने यस्ता नीति वचनलाई नै चुनौती दिएर बदनाम बनेका उदाहरण समाजमा बेलाबखत देखा पर्छ। यस्तै उदाहरण बनेकी छन् ३५ वर्षीया माधवी कार्की। जो आफैंले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी छन्।
बैतडीको डिलासैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्म हुनासाथ आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए। ससुराले माधवीले नवजात शिशुको हत्या गरेको खबर गरेपछि आइतबार नै घटनास्थल पुगेको प्रहरीले टोलीले घटनास्थलमै माधवी बेहोस् अवस्थामा फेला पारेको प्रहरी निरीक्षक राजेश शाहीले बताए।
ससुराले माधवीले नवजात शिशुको हत्या गरेको खबर गरेपछि आइतबार नै घटनास्थल पुगेको प्रहरीले टोलीले घटनास्थलमै माधवी बेहोस् अवस्थामा फेला पारेको प्रहरी निरीक्षक राजेश शाहीले बताए।
‘घटनास्थल टाढा भएकाले प्रहरीलाई त्यहाँ पुग्न ढिलो भयो’, शाहीले भने, ‘त्यो दिन माधवीलाई उपचारका लागि स्वास्थ्य चौकी लगेर टोली घटनास्थलको सुरक्षा गरेर बस्यो। भोलिपल्ट ल्याएर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं।’ ससुराले माधवीविरुद्ध कर्तव्य ज्यान मुद्दा उजुरी दिएका छन्। माधवीका पति वैदेशिक रोजगारमा छन्। शाहीले भने, ‘माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको बुझिएको छ।’ महिला स्वास्थ्य स्वयंसेविका रहेकी माधवीको १३ वर्षीय छोरा छन्।